शीर्षकहरू

बेलायती पाउण्ड र अष्ट्रेलियन डलरको भाउ बढ्यो, यस्तो छ कारोबार मूल्य

बेलायती पाउण्ड र अष्ट्रेलियन डलरको भाउ बढ्यो, यस्तो छ कारोबार मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ज्येष्ठ २५ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ७८ पैसा र बिक्री दर १३२ रुपैयाँ ३८ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ १८ पैसा र बिक्री दर १४१ रुपैयाँ ४२ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ११ पैसा र बिक्री दर १६४ रुपैयाँ ८५ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४५ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४६ रुपैयाँ २० पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ २९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।