aarthiknews.com विहीबार, ०४ असोज २०८०   Thursday, 21 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

दिल्ली–सान फ्रान्सिस्को उडान रुसमा अलपत्र, उद्धारका लागि विमान पठाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ जेठ २०८०
himalayanlife
दिल्ली–सान फ्रान्सिस्को उडान रुसमा अलपत्र, उद्धारका लागि विमान पठाइने
DHI
NIBL

नयाँ दिल्ली । भारतको राष्ट्रिय ध्वजाबाहक एयर इन्डियाले इन्जिनमा आएको खराबीका कारण रुसमा आपतकालीन अवतरण गरेको अमेरिका जाने विमानबाट फसेका यात्रुलाई ल्याउन बुधबार मुम्बईबाट प्रतिस्थापन विमान पठाउने जनाएको छ । 

एयर इन्डियाको दिल्ली–सान फ्रान्सिस्को उडानको एउटा इन्जिनमा खराबी आएपछि मङ्गलबार रूसको सुदूर पूर्वी क्षेत्रको मगदान विमानस्थलमा अवतरण गर्न बाध्य भएको थियो । एयर इन्डियाका अनुसार प्रतिस्थापन विमानमा अलपत्र परेका यात्रुका लागि खाद्यान्न र अन्य आवश्यक सामग्रीहरू पनि लग्ने बताइएको छ । 

एयर इन्डियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आवश्यक नियामकीय स्वीकृतिको अधीनमा रहेर मुम्बई इन्डिया (बीओएम) बाट जीडीएक्स ९मगदान–रूस० का लागि स्थानीय समय अनुसार बुधबार बिहान १३ः०० बजे उडान भर्नेछ ।”

एयर इन्डियाले प्राविधिक गडबडीको विस्तृत विवरण उपलब्ध गराएको छैन ।    एयर इन्डियाले भनेको छ, “दुर्गम विमानस्थलको वरिपरिको पूर्वाधार सीमिततालाई ध्यानमा राख्दै,स्थानीय सरकारी अधिकारीहरूको सहयोगमा उनीहरूको यथोचित व्यवस्थापन गरिएको छ ।” 

प्रतिक्रिया दिनुहोस