शीर्षकहरू

दोल्ती पावर र भुगोल इनर्जिको आईपीओ सूचीकृत, कति पाए ओपन रेञ्ज ?

दोल्ती पावर र भुगोल इनर्जिको आईपीओ सूचीकृत, कति पाए ओपन रेञ्ज ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । दोल्तीपावर कम्पनीको ५३ लाख ६४ हजार ८६०कित्ता र भुगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडको ५४ लाख ४० हजार ५३४ कित्ता साधारण शेयर सूचीकृत भएको हो । अब यी दुवै कम्पनीको शेयर भोलि अर्थात् बिहीवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।

भुगोलइनर्जिले सर्वसाधारण, स्थानीयबासिन्दा, वैदेशिक रोजारगारीमागएका नेपाली,कर्मचारीहरू र सामूहिकलगानी कोषको लागिनिष्कासन गरेको कुल १६ लाख ३२ हजार १६० कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ३८ लाख ८ हजार ३७४ कित्ता गरी कुल ५४ लाख ४० हजार ५३४ कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

कम्पनीलाई पहिलो कारोबारको लागि नेप्सेले रू. ६७ दशमलव ६३ देखि २०२ दशमलव ८९ सम्मको ओपन रेञ्ज तोकेको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर बिहीवारदेखि कारोबारमा आउनेछ ।

शेयर सूचीकरण पश्चात् दिनुपर्ने आरटीएस सेवा एनआईसी एशिया क्यापिटलमार्फत हुने कम्पनीले जानकारी दिएको छ । त्यस्तै कम्पनीको स्टक सिम्बोल बीईडीसी रहेको छ । 

दोल्तीपावरले पनि सर्वसाधारण, स्थानीय बासिन्दा, वैदेशिक रोजारगारीमा गएका नेपाली, कर्मचारीहरू र सामूहिक लगानी कोषको लागि निष्कासन गरेको कुल १६ लाख ९ हजार ४५८ कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ३७ लाख ५५ हजार ४०२ कित्ता गरी कुल ५३ लाख ६४ हजार ८६० कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

कम्पनीलाई पहिलो कारोबारको लागि नेप्सेले रू. ८७ देखि २६१ सम्मको ओपन रेञ्ज तोकेको छ । यही मूल्यरेञ्जका आधारमा कम्पनीको शेयर बिहीवारदेखि कारोबारमा आउनेछ ।

त्यस्तै शेयर सूचीकरण पश्चात् दिनुपर्ने आरटीएस सेवा एनआईसी एशिया क्यापिटल मार्फत हुने कम्पनीले जानकारी दिएको छ । त्यस्तै कम्पनीको स्टक सिम्बोल डीओएलटीआई रहेको छ ।