
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज २सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १२ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार १५० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको भने स्थिर बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार चार सय २० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस