aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

नेपाल रिपब्लिक मिडियाको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ जेठ २०८०
himalayanlife
नेपाल रिपब्लिक मिडियाको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट
DHI
NIBL

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले वैशाख ३१ गतेदेखि जेठ १४ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ३५ हजार ३०० कित्ता आईपीओ विक्री गरेको थियो ।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरूमा सम्पूर्ण कित्ता शेयर जेठ २४ गते बाँडफाँट गरिएको हो । बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार कुल २० हजार ७९१ जनाको आवेदन परेकोमा २० हजार ७ सय ८५ जनाको आवेदन मात्र योग्य भएको छ । योग्य रहेका आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरीएको हो ।

१० कित्ता वा सोभन्दा बढीको लागि आवेदन दिने २० हजार ७८५ जनाले १० कित्ता कै दरले शेयर पाएका छन् भने २० कित्ता वा सोभन्दा बढीको लागि आवेदन दिने १६ हजार ५९५ जनाले थप १० कित्ता शेयर पाएका छन् । ३० कित्ता वा सोभन्दा बढीको लागि आवेदन दिने १२ हजार १११ जनामध्ये ६ हजार १५० जनाले थप १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा कम्पनीको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीले बढीमा ३० कित्तासम्म पाएका छन् । 

कम्पनीले आफ्नो जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४ दशमलव ९९२२ प्रतिशत आईपीओ विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको थियो । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ४३ करोड ५३ लाख रुपैयाँ बराबरका ४३ लाख ५३ हजार कित्ता शेयर विक्री गर्न अनुमति पाएसँगै कम्पनीले कुल कित्ता शेयरमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा १० प्रतिशत शेयर विक्री गरेको हो । अब सर्वसाधारणमा जेठ २६ गतेदेखि सर्वसाधारणमा आईपीओ विक्री खुला हुनेछ । 

१० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री पछि बाँकी रहेको शेयरमध्ये पनि ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ ।  यी वाहेक बाँकी रहेको ३५ लाख २५ हजार ९३० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउनेछ । 

दोस्रो चरणमा सार्वजनिक निष्कासनमा आउने शेयर विक्री अवधि छिटोमा जेठ ३० गतेसम्मका लागि तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि असार ८ गतेसम्म विक्री लम्बिनेछ । पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै माग बमोजिम आवेदन पर्दै आएकाले यस कम्पनीको आईपीओ समेत छिटो अवधिभित्र मात्र विक्रीमा रहने निश्चित छ ।

यो आईपीओ खरीदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । यस कम्पनीले २०६६ साल वैशाख ११ गतेदेखि नागरिक दैनिक र रिपब्लिका दैनिक पत्रिकाहरू प्रकाशन गर्न सुरु गरेको हो ।

हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ताभएको पूँजी ५३ करोड २२ लाख रहेको छ । कुल शेयरपूँजीमा संस्थापक तर्फको ५५ दशमलव ००७८ प्रतिशत शेयर स्वामित्व कायम रहेको हो ।

प्रतिक्रिया दिनुहोस