शीर्षकहरू

आरएसडिसी लघुवित्तको ५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

आरएसडिसी लघुवित्तको ५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ २४ गतेदेखि संस्थापक तर्फको ५ हजार ४३४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।

यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको शेयर रजिष्टर्ड कार्यालय बुटवल, रुपन्देहीमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा यो शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री प्रक्रिया अघि बढाईने जानकारी समेत कम्पनीले दिएको छ ।