शीर्षकहरू

प्रतिनिधिसभाको बैठक आज पनि, बजेटमाथिको छलफललाई निरन्तरता दिने

प्रतिनिधिसभाको बैठक आज पनि, बजेटमाथिको छलफललाई निरन्तरता दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे सुरु हुनेछ ।

आजको बैठकमा पनि आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहनेछ । प्रतिनिधिसभामा बजेटमाथिको छलफल सोमबार सुरु भएको हो ।

मंगलबार आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्ति संलग्न भएको विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिएपछि बजेटमाथि छलफल सुरु भएको थियो ।

सुरुमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करिब २ घण्टा बोलेका थिए । आज अन्य सांसदहरुले बोल्ने कार्यक्रम छ ।