aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

समता घरेलु लघुवित्त वित्तीयले बीमा दावीको रकम भुक्तानी गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ जेठ २०८०
himalayanlife
समता घरेलु लघुवित्त वित्तीयले बीमा दावीको रकम भुक्तानी गर्यो
DHI
NIBL

बारा । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सिमरा, बाराले बीमा दावी रकम भुक्तानी गरेको छ ।  बारा जिल्ला जितपुर सिमरा उप नगरपालिका वडा नं. ०७ का केन्द्र नं.२२८  कि सदस्य बेदामी देवी को मृत्यू पश्चात निजका श्रीमान सँजय पासवान लाई बिमाको क्षतिपुर्ति रकम उपल्बध गराईएको हो ।

शाखा कार्यालय सिमरा, बाराका शाखा प्रबन्धक दिपेन्द चौधरी थारुका अनुसार निज सदस्य श्रीमति बेदामी देवी पासवान ेले संस्थाबाट .६०,००० रुपैयाँ कर्जा लिएकोमा निज सदस्यको मृत्यु पश्चात संस्थाको नियमानुसार ६०,०००  रुपैयाँ बिमाङ्कक रकम र काजक्रिया खर्च २५००० रुपैयाँ गरि जम्मा ८८,६९९ रुपैयाँ  रकम बराबरको चेक संस्थाका शाखा प्रबन्धक दिपेन्द्र चौधरी थारुद्घारा  निज मृतक सदस्यका श्रीमान सँजय पासवान लाई एकमुष्ट भुक्तानी गरिएको हो ।

दुःखको समयमा संस्थाले जम्मा ८८६९९ रुपैयाँको बिमाङ्कक रकम उपल्वध गराईदिएकोमा निज सदस्यका श्रीमान सँजय पासवान र केन्द्रका सम्पुर्ण सदस्यहरुले संस्थालाई धन्यवाद दिएका छन । साथै संस्थाले आफना ग्राहक सदस्यहरुको हकहित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पु््र्याउने उद्देश्य अनुरुप संस्थाले आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा सहयोगका प्याकेजहरु उपलब्ध गराउँदै आइरहेको पनि भनि शाखा प्रबन्धक दिपेन्द्र चौधरी थारु बताएका हुन ।

 

प्रतिक्रिया दिनुहोस