शीर्षकहरू

आज बेलायती पाउण्ड र अष्ट्रेलियन डलरको भाउ बढ्यो, कुन देशको कतिमा कारोबार ?

आज बेलायती पाउण्ड र अष्ट्रेलियन डलरको भाउ बढ्यो, कुन देशको कतिमा कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ज्येष्ठ २४ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ८८ पैसा र बिक्री दर १३२ रुपैयाँ ४८ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ५ पैसा र बिक्री दर १४१ रुपैयाँ ६९ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ७१ पैसा र बिक्री दर १६४ रुपैयाँ ४५ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९४ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ८८ रुपैयाँ १७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।