aarthiknews.com सोमबार, १५ असोज २०८०   Monday, 02 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

अर्थमन्त्रीलाई ओलीको प्रश्नः कसले दिन्छ यस्तो बुद्धि, भातको साटो गाँजा खान मिल्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ जेठ २०८०
himalayanlife
अर्थमन्त्रीलाई ओलीको प्रश्नः कसले दिन्छ यस्तो बुद्धि, भातको साटो गाँजा खान मिल्छ ?
DHI
NIBL

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा संसदका प्रुमख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले गाँजा खेती खुल्ला गर्ने विषयमा बजेटमा गरिएको व्यवस्थाको चर्को आलोचना गरेका छन् । उनले मंगलबार आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित बजेट विद्येयकमाथिको छलफलमा धारणा राख्ने क्रममा यस्तो आलोचना गरेका हुन् । 

रोस्टममा बोल्दै उनले भने, ‘के गाँजा आएर पेट भर्न मिल्छ, कसले दिन्छ अर्थमन्त्रीलाई यस्तो बुद्धि ।’ ओलीले सरकारले कृषि क्षेत्रको सुधारमा भन्दा पनि अनावश्यक क्षेत्रमा बढी ध्यान दिएको भन्दै आक्रोश समेत पोखेका छन् । गाँजा खेतीको सम्भावनालाई बजेटमा समावेश गरिएकोमा उनको चर्को असन्तुष्टि देखियो ।

उनले भने, ‘धान पलाउने, आल फलाउने, कृषि बढाउने, गँहु फलाउने कुरा छैन । खाद्यान्नमा आत्मनिर्भर बनाउने कुरा छैन । कसले गर्न खोजिरहेको छ यो गाँजा खेती ? कसको लागि हो गाँजा खेती ? उनले गाँजा खेतीको तयाी गरिहेको कसैको इसारामा यस प्रकारको व्यवस्था गरिएको आरोप समेत लगाएका छन् ।  

त्यस्तै, ओलीले बजेटमा नयाँ क्यालकुलेटर चलेको भन्दै सूचना चुवाहट गरिएको आरोप लगाएका छ ।  बजेटमा कर बृदि गरिएका बस्तुहरु बजेट अघि अस्वाभाविक मात्रामा भित्रिएको भन्ने आरोपलाई पुष्टि गर्न उनले विधुतीय सवारीको आयातलाई उदाहरणका रुपमा समेत पेश गरेका छन् । 

बजेटले निश्चित व्यापारीलाई लाभ पुर्याएको तर अरु सबैलाई अहित गरेको उनले दाबी गरे ।  व्यंग्यत्मक शैलीमा ओलीले भने, ‘यो बजेटले कसैको हित गरेन भन्न मिल्दैन ।  पक्कै पनि बजेट अघि हतार हतार ११ सय गाडी भित्राउनेको  हित गरेकै छ ।’

बजेटले अर्थतन्त्रका खास समस्या केके हुन् भन्ने पहिचान गर्न नसकेको उनको भनाई रहेको छ । बजेट निर्माणमा प्रतिपक्षलाई बेवास्था गरिएको र सुझावहरुलाई समेत नसमेटिएको उनको गुनासो रहेको छ । 

बजेट सुनिश्चितता गर्ने काम संसदले मात्र गर्न सक्ने भन्दै जथाभावी बजेट सुनिश्चितताको नाममा यता उता गर्न नपाइने उनले तर्क गरे । कर्मचारीले दिनभर काम नगर्ने तर साँझ परेपछि बैठक भन्दै भत्ता लिएर हिड्ने गरेको ओलीले आरोप लगाए ।

यसका साथै उनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले विद्यमान आर्थिक सङ्कट नटर्ने दाबी गरेका छन् । ओलीले मुलुकको अर्थतन्त्रलाई शीघ्र सुधारका लागि लिनुपर्ने नीति तथा कार्यक्रम बजेटमा नरहेको भन्दै सङ्कटापन्न नेपाली अर्थतन्त्रको पुनःस्थापनाका लागि योजना  नरहेको टिप्पणी गरे। 

“आगामी आवको बजेट समस्याको पहिचान नगरी प्रस्तुत भएको छ । मेरो नेतृत्वको सरकार हुँदा अर्थतन्त्र उकालो लाग्दै गएको अन्तर्राष्ट्रिय क्षेत्रले उल्लेख गरेको थियो तर पछिल्ला वर्षमा ओरालो लाग्दै गएको छ”, उनले भने । 

उनले आगामी आवको बजेटले १५औँ आवधिक योजना तथा दिगो विकासका लक्ष्य हासिल गर्न नसक्ने जिकिर गरे । अध्यक्ष ओलीले देशको गौरव, इज्जत, प्रतिष्ठालाई ख्याल गर्दै जनताका इच्छा आकाङ्क्षालाई सम्बोधन गरी भावी पुस्तालाई सबल र समृद्धि मुलुक हस्तान्तरण गर्नुपर्नेमा दायित्व रहेको बताए । 


 

प्रतिक्रिया दिनुहोस