शीर्षकहरू

पूजा पाठ गरेर अर्थतन्त्र सुध्रिदैन, कार्यविधि बनाउनुपर्छ: ओली

पूजा पाठ गरेर अर्थतन्त्र सुध्रिदैन, कार्यविधि बनाउनुपर्छ:  ओली

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा संसदका प्रुमख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले पूजा पाठ गरेर अर्थतन्त्र नसुध्रिने भन्दै सरकारको कडा आलोचना गरेका छन् । मंगलबार आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित बजेट विद्येयकमाथिको छलफलमा धारणा राख्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । 

ओलीले रोस्टममा उभ्भिएर अर्थमन्त्रीलाई बजेट भनेको के हो र यो कसरी बनाउनुपर्छ भन्ने विषयमा लामो प्रवचन समेत दिएका छन् । उनले बजेटले वर्तमानको सही विश्लेषण गरेर उपलब्ध स्रोत र साधनको आधारमा लक्ष्यसम्म पुग्नेबाटो तय गर्नुपर्ने मा सो गर्न नसकेको आरोप लगाए । 

एक वर्षभरिको आर्थिक योजना नै बजेट रहेको बताउँदै उनले विकास नीति मसेत त्यसको अभिन्न हुने जस्ता आधारभुत विषयको पाठ समेत पठाएका थिए । आगामी आवको बजेट स्वस्थानीको कथा जस्तो रहेको टिप्पणी गर्दै उनले स्वस्थानीको कथा जस्तो होर भन्दै प्रश्न गरेका छन् । 

उनले बजेटमा सबै कुरा समेटिएपनि केही पनि गर्ने खालको नदेखिएको बताएका छन् । उनले दिगो विकासका लक्ष्य भेट्न बजेटले के कति काम गरेको छ भन्ने प्रश्न अर्थमन्त्रीलाई गरेका छन् । 

करका दर बढ्ने भन्ने सूचना चुहावट भएको घटनाप्रति लक्षित गर्दै उनले एकै पटक ११ यि गाडी भित्रिनु संयोग मात्र हुन नसक्ने बताए । व्यापारीहरु जुहाडे नभएको हुनाले अनुमानको भरमा गाडी भित्रिएको भन्ने तर्क गर्दै उनले भने, ‘करका दर बढ्नेवाला छ । भनेकै बेला ११ सयजति गाडी आए । यही आइटममा बढ्छ भन्ने अनुमानका भरमा ल्याएका होइनन् । व्यापारीहरु जुहाडे होइनन्, छक्का पञ्जा भन्दै परेपर्छ नपरे पर्दैन भन्दै त्यसो गदैनन् ।’ उनले थप व्यङग गर्दै भने बजेटले कसैको हित गरेन भन्न मिल्दैन । पक्कै पनि ११ सय गाडी भित्र्याउनेको हित गरेकै छ ।

अहिले जे जति काम भइरहेका छन् आफ्नै पालामा भएको दावी गर्दै उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उपहार स्वरुप प्राप्त राँगा समेत आफ्नै पालामा मागिएको दावी गरे ।