शीर्षकहरू

बजाजको २५ वर्ष लिडरशिप योजना सम्पन्न

बजाजको २५ वर्ष लिडरशिप योजना सम्पन्न

काठमाडौं । नेपालका लागि बजाज मोटर साइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रा.लि.ले आफ्नो रजतज यन्तीको अवसरमा सञ्चालनमा ल्याएको “नेपालमा आफ्नो लिडरशिपको २५ वर्ष क्याम्पेन” सफलता पूर्वक सम्पन्न गरेको छ । 

अभियानको एक हिस्साको रूपमा बजाजले ग्राहकहरूलाई आकर्षक अफरहरू उपलब्ध गराएको थियो । जसमा विशेष २५ प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङको विकल्प, १०,००० रुपैयाँसम्मको स्योरशट नगद छुट र भाग्यशाली २५ जनाग्राहकले १ केजी चाँदी जित्ने अवसर समावेश गरिएको थियो । 

अभियानको बारेमा बोल्दै हंस राजहुलास चन्द एण्ड कम्पनी प्रा. लि.का निर्देशक अभिमन्यु गोल्छाले भने, “यो अभियान हाम्रो अहिलेसम्मको यात्रामा हाम्रा ग्राहकहरूले वर्षौंदेखि दिनु भएको अटल साथका लागि आभार व्यक्त गर्ने र संगै यस उत्सवलाई मनाउने एक माध्यम थियो ।’’

त्यस्तै, नेपाली बजारलाई २५ वर्षदेखि अटुट सेवाप्रदान गर्न पाउँदा निकै नै खुसी भएको उनले बताए । देशभरका ग्राहकहरूले “नेतृत्वको २५ वर्ष”अभियानका आकर्षक अफरहरूको अत्यधिक लाभ लिएका थिए । ग्राहकको सन्तुष्टिमा निरन्तर जोड दिएकोले र उत्कृष्ट उत्पादन तथा विश्वस्तरिय सेवाप्रदान गरेकोले नै अटोमोबाइल क्षेत्रमा बजाजको ब्रान्डको रुपमा स्थापित भएको छ ।

बजाज ब्राण्ड नेपालको सबैभन्दा भरपर्दो मोटरसाइकल ब्रान्डहुनुका साथै यसको सबैभन्दा ठूलो सर्भिस नेटवर्क रहेको कम्पनीले जनाएको छ । त्यस्तै यसको रिसेल मूल्य पनि उत्कृष्ट रहेको छ । यसका गुणस्तरिय उत्पादनहरू,स्पेयर पार्टको सहज उपलब्धता र ग्राहक मैत्री सेवा सुविधाप्रतिको प्रतिबद्धता जस्ता कारणहरुले गर्दा नै बजाज बाइकले बजारमा उच्चतम स्थान हासिल गरेका कम्पनीको  दावी छ । अटोमोवाइल क्षेत्रमा बजाजको निरन्तर २५ वर्षको नेतृत्व यसको नवीनता र गुणस्तरता प्रतिको प्रतिबद्धताको प्रमाण रहेको कम्पनीको भनाइ रहेको छ ।   

यसका साथै बजाजको फ्री लि लि योजना पनि चालु रहेको कम्पनीले जनाएको छ । जस अन्तर्गत उपभोक्ताहरुले १२५ सिसिसम्मको बजाज बाइकको खरिदमा १९२ लिटरको सामसुङको रेफ्रिजेरेटर प्राप्त गर्न सक्नेछन् । बजाजको अर्को ५०प्रतिशत डाउन पेमेन्टमा शुन्य प्रतिशत ब्याज दरको अफर पनि चालु रहेको कम्पनीले जानकारी दिएको छ ।  जस अन्तर्गत उपभोक्ताहरुले ५० प्रतिशत डाउनपेमेन्ट गर्दा शुन्य प्रतिशत ब्याजदरमा हुलास फिनसर्भ मार्फत फाइनान्समा बाइक खरिद गर्न सकिने योजना पनि रहेको छ ।