aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

प्रतिनिधिसभाको बैठक बस्दै, आज पनि बजेटका विषयमा छलफल हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ जेठ २०८०
himalayanlife
प्रतिनिधिसभाको बैठक बस्दै, आज पनि बजेटका विषयमा छलफल हुने
DHI
NIBL

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बिहान ११ बजे बस्ने भएको छ । आज बस्ने बैठकमा सरकारले ल्याएको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ । 

प्रतिपक्षी दल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुको अवरोधपछि आइतबार र सोमबारको बैठकमा नियमित कारबाही अघि बढ्न सकेन ।  

राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिकरूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गरेका थिए ।

प्रतिपक्षी एमाले, रास्वपा र राप्रपा नागरिकता विधेयक पुन संसदमा ल्याएर छलफल गर्नुपर्ने अडानमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस