शीर्षकहरू

सिद्धार्थनगर नगरपालिकाद्धारा १० करोड ८५ लाख राजश्व संकलन

सिद्धार्थनगर नगरपालिकाद्धारा १० करोड ८५ लाख राजश्व संकलन

भैरहवा । सिद्धार्थनगर नगरपालिका नेपाल र भारतको सिमानामा पर्ने मुख्य प्रवेशद्वारहरु मध्ये एक महत्वपूर्ण पर्यटकीय, व्यापारीक र औद्योगिक केन्द्रको रूपमा स्थापित छ । सिद्धार्थनगर नगरपालिका रुपन्देही जिल्लाको पर्यटकीय हिसाबले निकै महत्वपूर्ण नगरपालिका हो ।

स्थलमार्ग हुँदै आउने पर्यटक सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहीयाबाट भित्रने गर्छन् । व्यापारिक हिसाबले पनि सिद्धार्थनगरपालिका महत्वपूर्ण छ । नगरपालिकाले चालु आर्थिक वर्षको जेठ २१ गतेसम्म घरबाहल कर वापत २ करोड ४७ लाख ५० हजार १ सय ६० रुपैँया आम्दानी गरेको छ । त्यस्तै ठेला व्यवसायबाट ३ लाख ६५ हजार र पार्किङ् शुल्कबाट ७५ लाख ५ हजार ५ सय ७३ रुपैंया आम्दानी गरेको छ ।

चालु आर्थिक वर्षमा सिद्धार्थनगर नगरपालिकाले २३ करोड ५० लाख राजश्व उठाउने लक्ष्य लिएकोमा जेठ २१ गते सम्म १० करोड ८५ लाख मात्रै राजश्व संकलन गरेको सिद्धार्थनगर नगरपालिकाका सूचना अधिकारी देव ज्ञवालीले बताए । राजश्व संकलन कमी हुनुमा विश्वमा भएको आर्थिक मन्दी र व्यापार व्यवसायीहरु धमाधम पलायन हुनु रहेको सूचना अधिकृत ज्ञवालीले बताए ।

सिद्धार्थनगर नगरपालिकामा ठूलो नदी र वनजङ्गल नभएकोले आन्तरिक स्रोतको कमी छ । आन्तरिक स्रोत कमी हुँदा हुँदै पनि नगरपालिकाले एडिबिको लगानीबाट नगरलाई सौन्र्दयीकरण गराइएको छ ।

नगरभित्र ढल निकास सहितका फराकिला सडकले नगरको सौन्दर्यता बढाएको छ । सिद्धार्थनगर नगरपालिका भित्र २०७८ को जनगणना अनुसार ७६ हजार ३०७ जना जनसङ्ख्या छ । जसमध्ये पुरुष ३८१३६, महिलाः ३८१७१ जना रहेका छन् ।  नगरपालिकामा १२ हजार ३ सय २९ घरधुरी छन् ।