aarthiknews.com मंगलबार, १६ असोज २०८०   Tuesday, 03 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

नेशनल लाइफको ३५ औँ वार्षिक साधारणसभा सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ जेठ २०८०
himalayanlife
ADBL
नेशनल लाइफको ३५ औँ वार्षिक साधारणसभा सम्पन्न
DHI
NIBL

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा उक्त सभा सम्पन्न भएका हो । 

सभामा अध्यक्ष सिंहले विश्व अर्थतन्त्र कोभिड पश्चात विस्तारै लयमा फर्कने संकेत भइरहेकोमा विश्व अर्थतन्त्रमा चुनौति थपिएको बताईन् । उनले नेपालको सन्दर्भमा विशेषगरि तरलताको संकटले बीमा व्यवसाय चुनौतिपूर्ण भए पनि नियामक निकायले लिएको विभिन्न कदमहरुका बीमाको पहुँच बढेको बताईन् । 

अर्थिक वर्ष २०७८/०७९ मा कम्पनीको सबै वित्तिय सूचकांक सकारात्मक नै रहेका छन् । कम्पनीको कूल बीमाशुल्क १५ प्रतिशतले वृद्धि भई १४ अर्ब ४० करोड ७६ लाख पुगेको छ । जीवन बीमा कोष २० दशमलव ८४ प्रतिशतले वृद्धि भई ५० अर्ब ८० करोड ४२ लाख पुगेको छ । कूल लगानी १९ दशमलव ८५ प्रतिशतले वृद्धि भई ४७ अर्ब ३ करोड ९२ लाख पुगेको छ ।   

प्रतिक्रिया दिनुहोस