शीर्षकहरू

कुमारी बैंकले १४ लाख ९० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणले किन्न पाउने

कुमारी बैंकले १४ लाख ९० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणले किन्न पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेडले जेठ २२ गतेदेखि १४ लाख ९० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । बैंकले प्रतिकित्ता  ११० रुपैयाँ अंकित मूल्यमा उक्त शेयर विक्री खुला गरेको हो ।

यो शेयर खरिद गर्न इच्छुक अन्य व्यक्ति तथा संघसंस्थाहरूले जेठ २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्दै गोप्य शिलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ । 

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ ३० गते विहान ११ बजे विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कमलादी, काठमाडौंमा रहेको कार्यालयमा खोलिने कार्यक्रम तय भैसकेको छ ।