शीर्षकहरू

नेपालकै पहिलो अन्तर्राष्ट्रिय बाइक राइड ‘मार्क्यु’, राइडरहरुको उल्लेख्य सहभागिता

नेपालकै पहिलो अन्तर्राष्ट्रिय बाइक राइड ‘मार्क्यु’, राइडरहरुको उल्लेख्य सहभागिता

काठमाडौं । नेपालमा सर्वाधिक बिक्री हुने बाइकहरूको अग्रपङ्क्तिमा  टिभिएस  पनि पर्दछ । निकै पावरफुल र टेक्नोलोजीले भरिपूर्ण बाइकहरू निर्माण गर्दै नेपाली बजारमा आफ्नो बलियो स्थान हासिल गरेको टिभिएस एक यस्तो बाइक निर्माता हो, जसले युवा पुस्तामा रहेको बाइकिङ संस्कृतिलाई पनि बढवा दिँदै आएको छ । 

बाइकिङबाट सामाजिक कार्यमा सहयोग पुर्‍याउने र युवाहरूलाई एक अर्कासँग जोड्ने एक प्रभावकारी समूहका रूपमा टिभिएसले अपाचे अनर्स ग्रुप (एओजी) लाई अघि बढाइरहेको छ । सामूहिक प्रयास भए के सफल हुँदैन र भन्ने भावनालाई युवाहरुको मनमा स्थापित गर्न सुरु भएको एओजी, बाइकिङ कल्चर प्रवर्धनकै निम्ति नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले गठन गरेको एक ग्रुप हो । 

‘राइड टु ओरिजिन’ उद्देश्य लिएर भारतको माइसोरमा रहेको टिभिएसको फ्याक्ट्री सम्म पुग्ने लक्ष्य राखेको मार्क्यु राइडमा १० जना नेपाली राइडरहरुको सहभागिता रहेको थियो । राइडमा सहभागी हुने  राइडरहरु बाइकिङ संस्कृतिलाई अघि बढाउनका निम्ति भ्लग र अन्य माध्यबाट सक्रिय युवाहरू थिए भने राइडका लागि टिभिएस अपाचे सिरिजका १६०, २०० र ३१० सिसिका मोटरसाइकको प्रयोग गरिएको थियो ।   

फागुन ११ गते २०७९ बाट सुरु भएको उक्त अपाचे ओनरस् ग्रुप (एओजी) को मार्क्यु राइडमा नेपाल लगायत, भारत र बंगलादेशका राइडरहरु पनि सहभागीता जनाएका थिए । फागुन ११ गते काठमाडौँ बाट रक्सौल हुँदै भारत प्रवेश गरेर सुरु भएको २२ दिने लामो त्यस यात्राका राइडरले भारतको प्रख्यात मोटो सोल नामक कार्यक्रममा सहभागिता जनाउने र भारतमै रहेको टिभिएसको फ्याक्ट्री को पनि भ्रमण गर्ने पनि मौका पाए । 

टिभिएस मोटर कम्पनी इन्डियाका बिजनेस हेड विमल सुम्ब्लीले बहुप्रतिक्षित टिभिएस मोटोसोल इन्डियाका बारेमा बोल्दै संसारभर छरिएका वाइकिङ प्रेमीहरुका लागि टिभिएस मोटोसोल २०२३ आयोजना गर्न पाएकामा निक्कै हर्षित रहेको बताए । ‘टिभिएस मोटोसोल, समान विचारधारा भएका मोटरसाइकल राइडर समुदायलाई एक ठाउँमा ल्याउने, मोटरसाइकल प्रतिको प्रेमको उत्सव मनाउन , रेसिङ र बाइकिङका दिग्गजहरूसँग अन्तरक्रिया गर्ने र एक आपसमा भाइचाराको भावना विकास गर्दै त्यसलाई घरघरमा पुर्याउने एउटा मञ्च हो’, उनले भने । 

 सात हजार किलोमिटरको लामो मार्क्यु यात्राका बारेमा राडडर सागर थापा आफ्ना अनुभव सुनाउँदै भने, ‘सात हजार किलोमिटर लामो यात्रा गर्न सहज थिएन । यात्रा शारीरिक र मानसिक दुवै हिसाबले चुनौतीपूर्ण थियो । बाइस दिने यो यात्रा मलाई जीवनभर याद रहनेछ । नेपाल र भारतको फरक भूगोल, कला संस्कृति र खानपानको अनुभव गर्न पाइयो ।’

फागुन ११ गते काठमाडौं बाट सुरु भएको २२ दिने मार्क्यु  राइड भारतको रक्सौल, गया, राउरकेला, छत्तिसगढ, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, माईसुरु, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुर, बाट रक्सौल हुँदै काठमाडौँमै आएर समाप्त भएको थियो ।