aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

करको विरोधमा लगानीकर्ता, आज सबै सिष्टम बन्द गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ जेठ २०८०
Global IME
करको विरोधमा लगानीकर्ता, आज सबै सिष्टम बन्द गर्ने
DHI
nmb

काठमाडौं । धितोपत्र बजारका लगानीकर्ताहरू सरकारले ल्याएको कर नीतिका विरुद्धमा तीन दिनदेखि आन्दोलनमा रहेका छन् । गत शुक्रवारदेखिनै आन्दोलन जारी राखेका लगाकर्ताहरूले कर नीति खारेजीको माग राख्दै आज सबै सिष्टम बन्द गर्न चेतावनी दिएका हुन् ।

गत शुक्रवारदेखि आन्दोलनरत लगानीकर्ताहरूले सरकारले नीति खारेज नगरेसम्म आफ्नो आन्दोलनमा सहयोग गर्न नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र ब्रोकरहरूलाई ज्ञापनपत्र बुझाएर आग्रह गरेका थिए ।

आफ्नो आन्दोलनलाई सहयोग नगरेको भन्दै लगानीकर्ताहरूले आज सबै ब्रोकर अफिस घेरेर सिष्टम बन्द गर्ने भएका छन् । पूँजीबजारका अभियान्ता तिलक कोइरालाले आज टोली नेतानै खटाएर सबै ब्रोकर कम्पनीमा सिष्टम बन्द गर्ने जानकारी दिएका हुन् । उनले धितोपत्रका लगानीकर्तालाई ३९ प्रतिशत आयकरको दायरामा ल्याउने सरकारको गत नियतको विरुद्ध सबैले आवाज उठाउन आग्रह गरेका छन् ।

धितोपत्र बजारका नियमित कारोबार गर्ने लगानीकर्तालाई सरकारले कर लगाउने उद्घोष यस वर्षको आर्थिक विद्येयकमार्फत गरेपछि लगानीकर्ता आन्दोलित बनेका हुन् । हाल लगानीकर्ताले नाफा भएको खण्डमा संस्थागतको हकमा १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताको हकमा ७ दशमलव ५ प्रतिशतसम्म पूँजीगत लाभकर मात्र तिर्दै आएका छन् । 

व्यक्तिगत लगानीकर्तामा पनि अल्पकालिन लगानीकर्ताले ७ दशमलव ५ प्रतिशत र दिर्घकालिन लगानीकर्ताले ५ प्रतिशत पूँजीगत लाभकर तिर्ने व्यवस्था रहेको छ । भारित औषत लागतका आधारमा लगानीकर्ताले पूँजीगत लाभकर तिर्दै आएका हुन् । लगानीकर्ताहरूले राज्यलाई दोहोरो करको मारमा नपार्न आग्रह गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस