aarthiknews.com मंगलबार, १६ असोज २०८०   Tuesday, 03 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

पाँच लघुबीमाले पुर्‍याए चुक्ता पुँजी, दुई वटालाई अझै सकस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ जेठ २०८०
himalayanlife
ADBL
पाँच लघुबीमाले पुर्‍याए चुक्ता पुँजी, दुई वटालाई अझै सकस
DHI
NIBL

काठमाडौँ । नेपाल बीमा प्राधिकरणबाट अनुमति पाएका तर चुक्ता पुँजी पुर्याउन नसकेका लघुबीमा कम्पनीहरूलाई दिएको पुँजी जुटाउने समय घर्कने क्रममा छ । हालसम्म पाँच वटा मात्र कम्पनीले चुक्ता पुँजी पुर्‍याएका छन् ।

प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिछानेले अहिलेसम्म पाँच वटा मात्र कम्पनीले चुक्ता पुँजी पुर्‍याएको जानकारी दिएका हुन् । उनका अनुसार हालसम्म चुक्ता पुजी पुर्‍याउने कम्पनीहरूमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्स रहेका छन् ।

बाँकी दुई कम्पनीले भने प्राधिकरणले थपेको समय बाँकी रहेका कारण पुँजी जुटाउने प्रक्रियामा रहेको उनले जानकारी दिए । जसमा ट्रस्ट माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्स रहेका छन् ।

यसअघि समय नथप्ने अडानमा रहेको प्राधिकरणले अनुमति प्राप्त कम्पनीहरुले पुँजी जुटाउन नसकेपछि हालको आर्थिक शिथिलता लगायतका धेरै कुराहरूलाई मध्यनजर गर्दै समयावधि थप्ने सन्दर्भमा केही लचिलो बनेको थियो ।

प्राधिकरणले गत भदौ महिनामा जीवन र निर्जीवन गरी सात वटा कम्पनीहरूलाई लघुबीमा कम्पनीको लाइसेन्स खुला गरेको थियो । न्यून आय भएका तथा लक्षित वर्गका जनतामा समेत बीमाको पहुँच पुर्‍याई बीमाको विकास तथा विस्तार गर्न भन्दै प्राधिकरणले लाइसेन्स खुला गरेको जनाएको थियो ।

आर्थिक वर्ष ०७९/८० को बजेट वक्तव्यको बुँदा नं ३२७ मा लघुबीमा कम्पनीको स्थापना सम्बन्धी बुँदा कार्यान्वयन गर्दै प्राधिकरणले नयाँ लाइसेन्स खुला गरेको थियो । प्राधिकरणले लघुबीमाको न्यूनतम चुक्ता पुँजी ७५ करोड रुपैयाँ तोकेको छ ।

प्राधिकरणले जारी गरेको सूचना अनुरूप लघुबीमा कम्पनीको लाइसेन्स अनुमतिको माग गर्दै ३१ कम्पनीले आवेदन दिएका थिए । आवेदन दिएकाहरूमध्ये प्राधिकरणले गत मङ्सिर ११ गते जीवन बीमातर्फ तीन र निर्जीवन बीमातर्फ चार लघुबीमा कम्पनीहरूलाई लाइसेन्स वितरण गरेको थियो ।

लघुबीमा व्यवसायमा ९.३१ प्रतिशतको वृद्धि

बीमा कम्पनीहरूको लघुबीमा व्यवसायमा उल्लेख्य वृद्धि भएको छ । गएको चैत मसान्तसम्म एक अर्ब ८० करोड ३५ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका कम्पनीहरुले वैशाख मसान्तसम्म एक अर्ब ९७ करोड १४ लाख रुपैयाँ बराबरको बीमाशुल्क सङ्कलन गरेका छन् । वैशाख महिनामा मात्र चैत मसान्तसम्मको तुलनामा ९.३१ प्रतिशतले बढी बीमाशुल्क कम्पनीहरुले सङ्कलन गरेका हुन् ।

कुन कम्पनीले कति कमाए ?

हाल सञ्चालनमा रहेका १५ वटा जीवन बीमा कम्पनीहरू मध्ये १३ कम्पनीहरूले लघुबीमा व्यवसाय गरेका छन् । जसमा नेशनल लाइफ इन्स्योरेन्सले सर्वाधिक बीमा शुल्क आर्जन गरेको छ । यो कम्पनीले वैशाख मसान्तसम्म लघुबीमा व्यवसायबाट ६५ करोड २४ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेको छ ।

प्राधिकरणका अनुसार यस अवधिमा नेपाल लाइफले ५० लाख ६ हजार रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनले ४३ लाख १० हजार रुपैयाँ, मेट लाइफले १६ करोड एक लाख रुपैयाँ, एशियन लाइफले एक करोड ९७ लाख रुपैयाँ, गुराँस लाइफले सबैभन्दा कम ५४ हजार रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ ।

गुराँस लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भई वैशाख २८ गतेदेखि हिमालयन लाइफको नामबाट एकीकृत कारोबार गरिसकेका छन् । एकीकृत कारोबार पश्चात् बनेको हिमालयन लाइफले १० हजार रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ ।

त्यस्तै, सन नेपाल लाइफले ४ करोड ९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ८४ लाख २ हजार रुपैयाँ, सिटिजन लाइफले ४५ करोड २४ लाख रुपैयाँ, सानिमा रिलायन्सले लाइफले २६ करोड ३४ लाख रुपैयाँ र प्रभु लाइफले ५ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेको छ ।

त्यसै गरी, चालु आवको वैशाख मसान्तसम्म लघु बीमा व्यवसायबाट महालक्ष्मी लाइफले १२ करोड ८८ लाख ६३ हजार रुपैयाँ र सूर्य ज्योति लाइफले लघुबीमाबाट २६ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेको बीमा प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।  

प्रतिक्रिया दिनुहोस