aarthiknews.com मंगलबार, १६ असोज २०८०   Tuesday, 03 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ जेठ २०८०
himalayanlife
ADBL
चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण
DHI
NIBL

ताप्लेजुङ । कञ्चनजङ्घा हिमालमा चार विदेशीसहित १४ जनाले आज सफल आरोहण गरेका छन् । आरोहण गर्नेमा अमेरिकाका आना गुट्टु, ताइवानका तारेन्स र ग्रेस, फ्रान्सका आलेस्टर हुनुहुन्छ । उनीहरू एलाइट एक्सपिडिसनबाट आरोहणका लागि गएका थिए ।

यस्तै युक्ता, फुर्सना, तेज, मिङमार, दावा याङजोम, ङिमा, पासाङ दोर्जी, ङिमादावालगायतले समेत आरोहण गरेको कम्पनीका प्रबन्धक मिङ्मा डेभिड शेर्पाले जानकारी दिए।

उनका अनुसार आरोहीहरू सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कञ्चनजङ्घा गएका थिए । यसअघि एक विदेशी र दुई नेपाली गरी तीन जनाले सफल आरोहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस