aarthiknews.com शुक्रबार, १२ असोज २०८०   Friday, 29 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

ग्लोबल आइएमई र बिओके क्यापिटल मर्जरमा जाने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ जेठ २०८०
himalayanlife
ग्लोबल आइएमई र बिओके क्यापिटल मर्जरमा जाने
DHI
NIBL

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले र बिओके क्यापिटल लिमिटेड मर्जरमा जाने भएका छन् । मर्जर प्रस्ताव पारितका लागि दुबै कम्पनीले असार ३ गते विशेष साधारण सभा बोलाएका छन् । 

ग्लोबल आइएमई क्यापिटलले कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा विहान ९ बजे र बिओके क्यापिटलले कम्पनी रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा विहान ९ बजे सभा बोलाएको हुन । 

बिओके क्यापिटलको १ कित्ता शेयर बराबर ग्लोबल आइएमई क्यापिटलको शून्य दशमलव ५३ कित्ता शेयर आदानप्रदान गर्दै यी दुई कम्पनी एक हुन लागेका हुन ।

दुबै कम्पनीले सभामार्फत मर्जरका लागि आवश्य सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक भएसँगै दुबै बैंकका सहायक कम्पनी समेत एक हुन लागेका हुन ।
 

प्रतिक्रिया दिनुहोस