शीर्षकहरू

सुनचाँदीको आयातमा भन्सार दरमा ५० प्रतिशत वृद्धि गरेपछि व्यवसायी आन्दोलित

सुनचाँदीको आयातमा भन्सार दरमा ५० प्रतिशत वृद्धि गरेपछि व्यवसायी आन्दोलित

काठमाडौं । आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट वक्तब्यमा सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार दरमा ५० प्रतिशत वृद्धि गरेको छ । उक्त  घोषणाप्रति ‘नेपाल सुनचाँदी व्यवसायी महासंघ’ले असन्तुष्टि जनाएको छ । महासंघको बुधबार आकस्मिक पदाधिकारी बैठकले बजेटले सुनचाँदी सम्वन्धी गरेको नयाँ ब्यवस्थाप्रति असन्तुष्टि जनाउँदै बजेट नियन्त्रणमुखी र विभेदकारी भएको जनाएको हो ।

बजेटमा सुनचाँदी कारोबार सम्वन्धी विद्यमान ब्यवस्थामा संशोधन गर्दै नयाँ र अव्यवहारिक नीति समावेश गरेको महासंघले जनाएको छ। बजेटले यस्तै परम्परागत र रैथाने व्यवसायलाई प्रवर्धन गर्ने भनिएको बजेटको नीतिको ठीक विपरित हुनेगरी यो ब्यवसायमा थप २ प्रतिशत विलासिता कर समेत लगाउने घोषणा गरेको छ ।

हालसम्म नेपालमा प्रतिकिलो सुनमा ८ लाख ५० हजार रुपैयाँ र प्रतिकिलो चाँदीमा ८ हजार ५ सय भन्सार लाग्दै आएको छ । बजेट बक्तब्य अनुसार अवदेखि सुन र चाँदी दुवैमा १५ प्रतिशत भन्सार र थप २ प्रतिशत विलासिता कर लाग्ने ब्यवस्था भएको छ ।

महासंघको बैठकले सरकारले यो निर्णय नसच्च्याएमा विभिन्न निकायमा ज्ञापन पत्र बुझाउने र त्यसवाट पनि समस्याको समाधान नभए आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने समेतको चेतावनी दिएको छ  ।