शीर्षकहरू

प्रचण्ड गएकै दिन रवि लामिछाने पनि किन गए भारत ? भ्रमण अर्थपूर्ण

प्रचण्ड गएकै दिन रवि लामिछाने पनि किन गए भारत ? भ्रमण अर्थपूर्ण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जम्बो टोली लिएर भारतको राजनीतिक भ्रमणमा गएकै दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि श्रीमती निकिता पौडेलसहित भारत भ्रमणमा निस्किएका छन् । प्रचण्ड निस्किएकै दिन लामिछाने पनि निस्किएका बेला चासो बढे पनि उनी व्यक्तिगत कामले भारत भ्रमणमा गएको बुझिएको छ । 

लामिछानेले औपचारिक रुपमा कसैलाई केही नभनी फेसबुकको मेसेन्जर ग्रुप मार्फत सदस्यहरुलाई जानकारी गराइ उनी भारत गएका छन् । रास्वपा स्रोतका अनुसार पूर्वगृहमन्त्रीसमेत रहेका रविले यो भ्रमणलाई व्यक्तिगत भनेका छन् । आफू भारत जाने भएपछि रविले संसदीय दलमा कार्यवाहक नेताको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिएका छन् । 

रास्वपा स्रोतका अनुसार पूर्वगृहमन्त्रीसमेत रहेका रविले यो भ्रमणलाई व्यक्तिगत भनेका छन् । आफू भारत जाने भएपछि रविले संसदीय दलमा कार्यवाहक नेताको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिएका छन् । 

प्रचण्ड भारत भ्रमणमा रहेका बेला श्रीमतीसहित रवि पनि त्यतै लागेपछि राजनीतिक रुपमा अर्थपूर्ण रुपमा हेरिएको छ ।