aarthiknews.com शुक्रबार, १२ असोज २०८०   Friday, 29 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

जीवन बीमा कम्पनीहरुले दश महिनामा उठाए एक खर्बबढी बीमाशुल्क, नेपाल लाइफको सर्वाधिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ जेठ २०८०
himalayanlife
जीवन बीमा कम्पनीहरुले दश महिनामा उठाए एक खर्बबढी बीमाशुल्क, नेपाल लाइफको सर्वाधिक
DHI
NIBL

काठमाडौं । पछिल्लो समय जीवन बीमा कम्पनीहरुको व्यवसाय बढ्दै गएको देखिएको छ । चालु आर्थिक वर्षको दश महिना अर्थात बैशाख मसान्तसम्म बीमा कम्पनीहरुले एक खर्ब रुपैयाँ भन्दाबढी बीमाशुल्क संकलन गरेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा बीमा कम्पनीहरुले एक करोड ३८ लाख ८३ हजार ३५७ बीमालेख जारी गरी एक खर्ब १४ अर्ब १० करोड ९७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । 

उक्त बीमाशुल्क गत चैत मसान्तसम्मको तुलनामा ८.९५ प्रतिशतले बढि हो । जीवन बीमा कम्पनीहरुले चैत मसान्तसम्ममा एक खर्ब ४ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका थिए । यसअवधिमा कम्पनीहरुले एक करोड ४१ लाख ६५ हजार ९९८ बीमालेख जारी गरेका थिए । 

बीमा प्राधिकरणले जारी गरेको तथ्यांक अनुसार गत बैशाख मसान्तसम्म सबैभन्दा बढि नेपाल लाइफ इन्स्यारेन्सले बीमाशुल्क संकलन गरेको छ । उक्त कम्पनीले यस अवधिमा १० लाख ३५ हजार २१४ वटा बीमालेख बिक्री गरी २९ अर्ब ३५ करोड ३२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, यस अवधिमा राष्ट्रिय बीमा संस्थानले ७ अर्ब ५८ करोड ५ लाख, नेशनल लाइफ इन्स्योरेन्सले १२ अर्ब ३९ करोड ५९ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनले १४ अर्ब १८ करोड ८५ लाख, मेट लाइफ इन्स्यारेन्सले चार अर्ब २७ करोड ३८ लाख र एशियन लाइफ इन्स्योरेन्सले ५ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । 

त्यस्तै, बैशाख मसान्तसम्म गुँरास लाईफ इन्स्योरेन्सले दुई अर्ब ३९ करोड २२ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा प्राइम लाइफ इन्स्योरेन्सले एक लाख ६९ हजार ७८० वटा बीमालेख जारी गरेर तीन अर्ब ५२ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क कमाएको छ ।

त्यस्तै यस अवधिमा युनियन लाइफ इन्स्योरेन्सले ६ अर्ब २३करोड ९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गुँरास लाईफ, प्राइम लाइफ र युनियन लाइप इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज भई बैशाख २८ गतेबाट हिमालयन लाइफको नामबाट एकीकृत कारोबार गरिसकेका छन् । 

एकीकृत कारोबार पश्चात् बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले बैशाख मसान्तसम्म १५ करोड ११ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । उक्त कम्पनीले यस अवधिमा ५९५ बीमालेख जारी गरी सो बराबरको बीमाशुल्क संकलन गरेको हो ।

प्राधिकरणका अनुसार आइएमई लाइफ इन्स्योरेन्सले पनि चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म तीन अर्ब २६ करोड ६२ लाख रुपैयाँ बीमा शुल्क उठाएको छ । जुन दुई लाख ८७ हजार ८९७ वटा बीमालेख बिक्री गरेर आर्जन भएको हो । त्यसैगरी, सन नेपाल लाइफ इन्स्यारेन्सले तीन अर्ब १३ करोड ९३ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले तीन अर्ब ५२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । 

त्यसैगरी यस अवधिमा सिटिजन लाइफ इन्स्यारेन्सले चार अर्ब ४२ करोड ३ लाख बीमाशुल्क उठाएको छ भने प्रभु लाइफ इन्स्योरेन्सले एक अर्ब ६९ करोड २९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, सानिमा रिलायन्स लाइफले ४ अर्ब ४१ करोड २१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । 

त्यस्तै, चालु आवको बैशाख मसान्तसम्म सूर्यज्योति लाइफ इन्स्योरेन्सले ८ लाख ३७ हजार ३०९ बीमालेख जारी गरी ६ अर्ब ७७ करोड ९८ लाख र महालक्ष्मी लाइफ इन्स्योरेन्सले सबैभन्दा कम एक अर्ब ३१ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस