शीर्षकहरू

९०० मेगावाट विजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने

९०० मेगावाट विजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने

काठमाडौं । आगामी आर्थिक वर्षमा ९०० मेगावाट विजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने अर्थमन्त्री डा प्रकाश शरण महतले घोषणा गरेका छन । सोमबार बसेको संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले डा। प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गरेका हुन् ।   सरकारले उर्जा क्षेत्र विकासका लागि ८७ अर्ब ४५ करोड  रुपैयाँ बजेट विनियोजित गरेको छ ।  

बुढीगण्डकी जलविद्युत आयोजना र दूधकोशी आयोजनाको मोडालिटी तयार गरी निर्माण अगाडि बढाइने अर्थमन्त्रीले बताएका छन । वैकल्पिक उर्जा प्रवर्द्धन गर्न १ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरिएको छ । २ वर्षभित्र शत प्रतिशत जनताको पहुँचमा विजुलीको पहुँच पुर्‍याइने अर्थमन्त्रीले घोषणा गरेका छन।