शीर्षकहरू

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ३१ अर्ब ३९ करोड बजेट

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ३१ अर्ब ३९ करोड बजेट

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ३१ अर्ब ३९ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।सरकारले मदनभण्डारी राजमार्गलाई २ अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसैगरी, मध्यपहाडी लोकमार्गका लागि ३ अर्ब रुपैयाँ , हुलाकी राजमार्गका लागि ३ अर्ब काठमाडौं तराई फास्र्ट ट्रयाकका लागि २२ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

त्यस्तै, कालीगण्डकी कोरिडोरका लागि १ अर्ब ९८ करोड रुपैयाँ नागढुंगा सुरुङमार्गका लागि ५ अर्ब १३ करोड रुपैयाँ र मुग्लिन पोखरा राजमार्ग सडक विस्तारका लागि ५ अर्ब रुपैयाँ र टोखा सुरुङ मार्ग अध्ययनका लागि ५ अर्ब, राजमार्गहरुमा १५० वटा पुल निर्मँणका लागि २ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

त्यसैगरी, पूर्वपश्चिम राजमार्ग चारलेन विस्तारका लागि ३१ अर्ब २ करोड रुपैयाँ बजेट विनियोजन भएकोे छ । सोमबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१/८१ को बजेट प्रस्तुत गरेका हुन् ।