शीर्षकहरू

महाविर पुनको माग पुरा, एक अर्ब रुपैयाँ छुट्टियो

महाविर पुनको माग पुरा, एक अर्ब रुपैयाँ छुट्टियो

काठमाडौं । अनुसन्धान नवप्रवद्र्धन र आविष्कारका लागि पुँजीगत खर्चको एक् प्रतिशत रकम छुट्याइएको छ । सोमबार बसेको संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा यस्तो व्यवस्था गरिएको हो । 

बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले अनुसन्धान केन्द्रका लागि छुट्टै एक अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताए । आगामी बजेटमा यस्तो व्यवस्था माग गर्दे आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले आन्दोलन नै गरेका थिए । सो आन्दोलन प्रधानमन्त्रीसंगको वार्तापछि उनले स्थगित गरेका थिए ।