शीर्षकहरू

यूनाइटेड अजोड इन्स्योरेन्सका अध्यक्षबाट सपथ ग्रहण

यूनाइटेड अजोड इन्स्योरेन्सका अध्यक्षबाट सपथ ग्रहण

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका अध्यक्ष आजाद श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष  सुर्यप्रसाद सिलवाल समक्ष नेपाल बीमा प्राधिकरणको कार्यालय कुपण्डोल, ललितपुरमा सपथ ग्रहण गरेका हुन ।

 उक्त अवसरमा नव निर्वाचित अध्यक्ष श्रेष्ठले नेपाल बीमा प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकोमा नियमनकारी निकायलाई धन्यवाद व्यक्त गरे । साथै सोही अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्षाट श्रेष्ठलाई सफल कार्यकालको लागि शुभकामना दिए ।