शीर्षकहरू

नक्कली शरणार्थी प्रकरणमा दोषीलाई नछोड्न प्रहरीलाई निर्देशन

नक्कली शरणार्थी प्रकरणमा दोषीलाई नछोड्न प्रहरीलाई निर्देशन

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा दोषीलाई नछोड्न प्रहरीलाई निर्देशन दिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा दोषी नउम्किऊन् र निर्दोष नफसून् भनेर निर्देशन दिएका हुन । 

प्रधानमन्त्रीले प्रतिनिधिसभामा बोल्दै भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले लगातार गृह प्रशासनलाई निर्देशन दिइरहेको छ । यति मात्रै हो यो विषय पहिलादेखि चल्दै आएको विषय रहेछ, यो सरकारको मात्रै अनुसन्धान पनि हैन र यो सरकारको पालामा भएको पनि हैन ।’

प्रधानमन्त्री प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा अदालत पुगिसकेको हुनाले अब अदालतले जे फैसला गर्दा त्यो स्वीकार्य हुने समेत बताएका छ । उनले सरकारको ध्यान राजस्व चुहावट तथा सम्पत्ति शुद्धीकरणको विषयमा पनि रहेको र त्यसमा संसद्को पनि सहयोग आवश्यक रहेको बताए । उनले आफ्नो प्रधानमन्त्रीको यो तेस्रो कार्यकाल अन्तिम हुन सक्ने र आफू गम्भीर अग्निपरीक्षामा रहेको पनि बताए ।

उनले देशमा हाल विद्यमान भ्रष्टाचारको विषय सबै दल एकजुट भएर मात्र समाधान गर्न सकिने बताए । यस्तै अर्थतन्त्र सुधार गर्न र जनजीविकालाई सुधार गर्न सामूहिक रूपमा एक भएर मात्र निकास निकाल्न सकिने बताए ।