शीर्षकहरू

रेशम चौधरीको आम माफीको प्रस्ताव फिर्ता

रेशम चौधरीको आम माफीको प्रस्ताव फिर्ता

काठमाडौं । जेलमा रहेको रेशम चौधरीको आम माफीको प्रस्ताव फिर्ता भएको छ ।  सजाय माफी दिने गृह मन्त्रालयको प्रस्तावलाई राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयमै फिर्ता गरेका हुन।

 गृह मन्त्रालयले चौधरीलाई गणतन्त्र दिवसका दिनमा आम माफी गर्नका लागि प्रस्ताव पठाएको थियो। केही समयअघि मात्रै सर्वोच्च अदालतले उच्च अदालतले चौधरीलाई सुनाएको जन्मकैदको फैसललाई सदर गरेको थियो।

 यसैगरी टिकापुरमा हत्या भएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा दिएको निवेदनलाई राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा कार्याथ पठाएको छ । चौधरीलाई आम माफी दिने प्रस्ताव राष्ट्रपति कार्यालय पुगेको हल्ला बाहिर आएपछि पीडिहरु विहीबार नै राष्ट्रपति कार्यालयमा विरोध गर्दै पुगेका थिए । 

 त्यसमा प्रचलित कानुन, अदालतहरुबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी गर्नू भनेर गृह मन्त्रालयलाई फिर्ता पठाइएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । यससँगै रेशम चौधरीको सजाय माफी गर्ने बाटो खुलेको छ ।