aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

मन्दिरबाट धनमाल चोरी गरेको अभियोगमा एक जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ जेठ २०८०
मन्दिरबाट धनमाल चोरी गरेको अभियोगमा एक जना पक्राउ
NIBL

सिरहा । मन्दिरबाट धनमाल चोरी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बरियारपट्टी गाउँपालिका ३ नवटोलीस्थित राजदेवी मन्दिरबाट धनमाल चोरी गरेको अभियोगमा सप्तरी खड्क नगरपालिका १ बस्ने २८ वर्षीय प्रकाश मण्डललाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।   

उक्त मन्दिरभित्र रहेको राजदेवी माताको मूर्तिमा लगाएका सुन तथा चाँदीको गरगहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनलाई सुन तथा चाँदीका विभिन्न चोरीका सामान र उनले प्रयोग गरेको बा.२६ प ७३४९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस