शीर्षकहरू

प्रिमियममा आईपीओ जारी गर्न लागेको रिलायबल नेपाल लाइफले बोलायो साधारण सभा

प्रिमियममा आईपीओ जारी गर्न लागेको रिलायबल नेपाल लाइफले बोलायो साधारण सभा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले असार १ गते छैटौं वार्षिक साधारण सभा बोलाएको छ । जेठ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लिसरा व्यांकेट, ज्ञानेश्वर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागेको यस कम्पनीले आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित काल लागि वार्षिक साधारण सभा बोलाएको हो । सभाले चालू आर्थिक वर्ष ०७९/८० को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङग्याउनेछ ।

यस कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यमा प्रिमियम वापत् रू. १९० थप गरी प्रतिकित्ता रू. २९० मा सर्वसाधारणका लागि शेयर जारी गर्ने तया्री गरेको छ । कम्पनीले उक्त मूल्यमा रू. ३ अर्ब १५ करोड ५६ लाख २५ हजार बराबरको १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नेछ ।

नेपाल धितोपत्र बोर्डमा कम्पनीले गत चैत ५ गते आईपीओ निष्कासनका लागि निवेदन दर्ता गराएको छ । कम्पनीको आईपीओ सम्बन्धि आवेदन प्रक्रियाको प्रारम्भिक चरणमै रहेको छ ।