शीर्षकहरू

समीट लघुवित्तको साधारण सभा स्थगित

समीट लघुवित्तको साधारण सभा स्थगित

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ३० गतेका लागि तय गरेको १४औं वार्षिक साधारण सभा स्थगित गरेको छ । जेठ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विशेष कारणबस अर्को सुचना जारी नभएसम्मका लागि सभा स्थगित गर्ने निर्णय गरेको हो ।

कम्पनीले वार्षिक साधारण सभाका लागि बजेठ १८ गतेदेखि बुक क्लोज गर्ने तयारी गरेको थियो । बुक क्लोजको सम्बन्धमा भने कम्पनीले कुनै जानकारी दिएको छैन् ।सभाले आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लाभांश प्रस्तावलाई समेत अन्तिम रुप दिने कार्यक्रम थियो ।

फागुन १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १३ दशमलव ५६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनीले यस वर्ष रू. ७ करोड ५ लाख २६ हजार बराबरको लाभांश वितरण गर्ने तयारी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ४९ करोड ४० लाख रहेको छ । कम्पनीले यस वर्ष गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले २५ दशमलव २९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

यस वर्षको बोनस शेयरपछि कायम हुने शेयरपूँजीको संस्थापक र सर्वसाधारणको शेयर पूँजीको अनुपात मिलान गर्दा अपुग हुने सर्वसाधारण तर्फको ८ लाख ५३ हजार ६६५ कित्ता एफपीओ निष्कासन गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको थियो । कम्पनीले पुनः वार्षिक साधारण सभा आव्हान गरी उल्लेखित प्रस्तावहरूलाई पारित गर्नेछ ।