शीर्षकहरू

१३२ रुपैयाँ नाघ्यो अमेरिकी डलरको मूल्य, अरु कुन देशको कति पुग्यो ?

१३२ रुपैयाँ नाघ्यो अमेरिकी डलरको मूल्य, अरु कुन देशको कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ज्येष्ठ १२ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ ९ पैसा र बिक्री दर १३२ रुपैयाँ ६९ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ६५ पैसा र बिक्री दर १४२ रुपैयाँ ३० पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ २४ पैसा र बिक्री दर १६३ रुपैयाँ ९८ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४५ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४७ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८६ रुपैयाँ २४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २३ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।