शीर्षकहरू

चालिस दिनमा २८ सहकारीसहित साढे चार हजार कम्पनी कालोसूचीमा

चालिस दिनमा २८ सहकारीसहित साढे चार हजार कम्पनी कालोसूचीमा

काठमाडौं । चालु आर्थिक वर्षको वैशाखदेखि जेठ १० गतेसम्म २८ वटा सहकारी सहित चार हजार बढी व्यक्ति तथा कम्पनीहरू कालोसूचीमा परेका छन् । समयमा ऋण नतिर्ने ४ हजार ४७१ व्यक्ति तथा कम्पनीलाई कर्जा सूचना केन्द्रले पछिल्लो ४० दिनमा कालोसूचीमा राखेको हो ।

कालोसूचीमा पर्नेमा सहकारी, होटल एन्ड रेस्टुरेन्ट, क्रसर उद्योग, स्कुल कलेज, कृषि फार्मदेखि हाइड्रोपावर कम्पनी समेत रहेका छन् । यस अवधिमा सिएस ग्रुप निर्माण सेवा, चौधरी पशुपन्छी तथा कृषि फार्म, चौधरी सुत तर ग्रिल उद्योग, नारायणी बराह ज्वेलरी इन्डष्ट्रिज, आरुष फर्निचर एन्ड हस्तकला उद्योग कालोसूचीमा परेको हो ।

त्यस्तै, केन्द्रले ग्लोबल ट्रेनिङ एन्ड रिसर्च, न्यु टेक इन्जिनियरिङ कन्ट्रक्सन, न्यु स्याङ्जा पोखरा सुनचाँदी पसल, रोयल लुम्बिनी कटेड एन्ड रेस्टुरेन्ट, यती अर्ग्यानिक एग्रो एन्ड रिसर्च सेन्टर, तारकेश्वर ट्रेड कन्सर्न प्राइभेड लिमिटेड, नेपाल लक्ष्य ग्रुप अफ कम्पनी, ओम सत्य साई स्टोन क्रसर उद्योग, ग्लासियर इन्टरनेशनल स्कुल कलेज, श्री चाम्पेश्वर निर्माण सेवा, गुराँस फुड क्याफे एन्ड सेकुवा कर्नर, सिरुवा कन्ट्रक्सन कम्पनीलाई पनि कालोसूचीमा राखेको छ ।

कालोसूचीमा परेका अन्य कम्पनीहरूमा लव कुश होटल एन्ड लज, माइल स्टोन इलिंस बोर्डिङ स्कुल धनुषा, सगरमाथा कृषि तथा फर्निचर उद्योग, अन्नपूर्ण किसान फिड एन्ड फर्निलाइजर, राष्ट्र निर्माण कम्पनी, काठमाडौं होमस्टे एन्ड अपार्टमेन्ट प्रालि, गोल्डेन चन्द्र सूर्य कन्ट्रक्सन, नेपाल स्टार इट्टा उद्योग, स्कुलिङ एब्रोड कन्सल्टेन्सी, गोदावरी लाइभस्टोक एन्ड अर्ग्यानिक होम रहेका छन् ।

त्यसैगरी, यस अवधिमा फलेपाटन एग्रो भिलेज, स्कुल अफ होटल म्यानेजमेन्ट एन्ड टुरिजम नेपाल, सिलौटो रेस्टुरेन्ट एन्ड थकाली भान्सा घर, न्यु मनकामना ट्रान्पोर्ट, पारिजात जल उद्योग, माछापुच्छ्रे डिष्टिलरी, निलम गोल्ड एन्ड सिल्भर हाउस, पन्चासे इन्जिनियरिङ कन्सल्टेन्सी, धरान प्लास्टिक एन्ड पाइप इन्डष्ट्रिजलाई पनि कालोसूचीमा परेका छन् ।

केन्द्रका अनुसार नेशनल मोर्डन एग्रिकल्चर नेपाल, चौधरी बिल्डिङ मटेरियल्स एन्ड कन्स्ट्रक्सन, कमला त्रिवेणी बालुवा क्रसर उद्योग, जनसेवा भिमप्रसाद पोलिक्लिनिक प्रावि, प्याराडाइज स्पोर्टर बार एन्ड रिसोर्ट, एकेडेमी अफ मिडिया एन्ड इभेन्ट म्यानेजमेन्ट, भैरवकुण्ड हाइड्रोपावर लिमिटेड, ककनी उपभोक्ता समिति पनि कालोसूचीमा परेको छ  ।

कालोसूचीमा परेका २८ सहकारी

यस अवधिमा २८ वटा सहकारी संस्थाहरू कालोसूचीमा परेका छन् । कालोसूचीमा परेका सहकारीहरूमा एउटै सहकारी नौ पटकसम्म कालोसूचीमा परेको छ । धेरै जसो बचत तथा ऋण सहकारी कालोसूचीमा परेको केन्द्रले जनाएको छ ।

तुलसी सहकारी नौ पटक कालोसूचीमा

कर्जा सूचना केन्द्रका अनुसार यस अवधिमा तुलसी बहुमुखी सहकारी संस्था मात्रै नौ पटक कालोसूचीमा परेको छ । बचत कर्ताको रकम फिर्ता गर्न नसकेर समस्यामा परेको यो सहकारीलाई केन्द्रले कालोसूचीमा राखेको हो ।

अन्य सहकारी कुन कति पटक ?

केन्द्रका अनुसार कालोसूचीमा परेका सहकारीमा शिव शिखर बहुउद्देश्यीय सहकारी पाँच पटक कालोसूचीमा परेको छ । त्यस्तै, सुमेरु सेभिङ एन्ड क्रेडिट को अपरेटिभ चार पटक कालोसूचीमा परेको छ ।

त्यस्तै, यस अवधिमा तीन पटक कालोसूचीमा परेका सहकारीमा स्वस्तिक सेभिङ एन्ड क्रेडिट को अपरेटिभ सनराइज बचत तथा ऋण सहकारी, सन्ध्या बचत तथा ऋण सहकारी संस्था, मेगा ड्रिम मल्टीप्रपोज को–अपरेटिभ र माँ अम्बे सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ सहकारी रहेका छन् ।

पाँच सहकारी दुई पटक कालोसूचीमा

बचतकर्ताहरूको रकम फिर्ता गर्न नसकेपछि समस्यामा परेका सहकारीहरू पटक पटक कालोसूचीमा पर्ने गरेका छन् । केन्द्रका अनुसार यस अवधिमा दुई पटकसम्म कालोसूचीमा परेका सहकारीमा तिरुपति सेभिङ एन्ड क्रेडिट को अपरेटिभ, सम्वद्र्धन सेभिङ एन्ड क्रेडिट को अपरेटिभ, आस्था सेभिङ एन्ड क्रेडिट को अपरेटिभ, राजधानी मल्टीप्रपोज कोअपरेटिभ र नारी नमुना बचत तथा ऋण सहकारी रहेका छन् ।

यस्तो छ कालोसूचीमा परेका अन्य सहकारीको विवरण