शीर्षकहरू

आज कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ? यस्तो छ मूल्यसूची

आज कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ? यस्तो छ मूल्यसूची

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ज्येष्ठ ११ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ९९ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ८८ पैसा र बिक्री दर १४२ रुपैयाँ ५३ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ३१ पैसा र बिक्री दर १६४ रुपैयाँ ५ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ५ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७२ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।