aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सिइओमा युगेशभक्त नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० जेठ २०८०
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सिइओमा युगेशभक्त नियुक्त
NIBL

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । गत बैशाख २७ गते बसेको कम्पनीको संचालक समितिको बैठकले उनलाई सिइओमा नियुक्त गरिएको हो । 

नियुक्ति सिफारिस गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेकोमा कम्पनीको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट यहि जेठ ५ गते स्वीकृति प्राप्त भइसकेको छ । 

कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकमा युगेशभक्त बादे श्रेष्ठले कम्पनीका अध्यक्ष हेमराज ढकालबाट शपथ ग्रहण गरेका हुन् । उक्त अवसरमा कम्पनीको संचालक समिति तथा व्यवस्थापनबाट युगेशभक्त बादे श्रेष्ठलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस