शीर्षकहरू

तीन लघुवित्तसहित चार कम्पनीको बोनस शेयर सूचीकृत

तीन लघुवित्तसहित चार कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा तीन लघुवित्तसहित चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेले एनएलजी इन्स्योरेन्स, लक्ष्मी लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार एनएलजी इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनसपछिको १३ लाख२६ हजार ६१४ दशमलव ३६ कित्ता शेयर सूचीकृत भएको छ ।त्यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत बोनपछिको ५ लाख ७६ हजार ८१ कित्ता र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनसपछिको ८ लाख २९ हजार २६ दशमलव ५६ कित्ता शेयर सूचीकृत भएको छ । 

त्यसैगरी सबैको लघुवित्त वित्तीय संस्थाको १८ प्रतिशत बोनसपछिको ४ लाख ८६ हजार कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।