aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

एक महिनामा नौं हजार बढीले त्यागे बीमा पोलिसी, नेपाल लाइफको सर्वाधिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ जेठ २०८०
himalayanlife
एक महिनामा नौं हजार बढीले त्यागे बीमा पोलिसी, नेपाल लाइफको सर्वाधिक
DHI
NIBL

काठमाडौं । पछिल्लो समय बीमा पोलिसी त्याग्नेको संख्या बढेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक हेर्ने हो भनेपनि चालु आर्थिक वर्षको चैत महिनामा ९ हजार भन्दा बढी बीमितले पोलिसी सरेन्डर गरेका हुन् ।

प्राधिकरणका अनुसार चैतमा १७ जीवन बीमा कम्पनीको १ अर्ब १८ करोड ६ लाख ३ हजार रुपैयाँ बराबरको ९ हजार ३५८ बीमा पोलिसी सरेन्डर भएको हो । यो अवधिमा सबैभन्दा बढी बीमा पोलिसी सरेन्डर गर्नेमा नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरु रहेका छन् । प्राधिरकणका अनुसार चैतमा नेपाल लाइफका २ हजार ६९८ बीमितले ४२ करोड २२ लाख ५८ हजार रुपैयाँ पोलिसी त्याग गरेका हुन् । 

त्यस्तै, चैतमा राष्ट्रिय बीमा संस्थानको १० करोड ५६ लाख ५४ हजार रुपैयाँ बराबरको १ हजार ४२३ बीमा पोलिसी सरेन्डर भएको छ । त्यसैगरी यसै अवधिमा नेशनल लाइफ इन्स्योरेन्सको ७ करोड ७३ लाख १९ हजार रुपैयाँ बराबरको ६६२ बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्याङकमा उल्लेख छ । 

यस्तै, सोही अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको १८ करोड ३७ लाख ९६ हजार रुपैयाँको एक हजार ५५५ वटा, मेट लाइफको ५ करोड ५८ लाख ४१ हजार रुपैयाँ बराबरको ५२६ वटा र एशियन लाइफको ४ करोड २२ लाख ८८ हजार रुपैयाँको एक हजार ५८९ वटा बीमा पोलिसी सरेन्डर भएको हो ।

त्यसैगरी, बीमितहरुले गुँरास लाइफ इन्स्योरेन्सको ७ करोड ८६ लाख १० हजार रुपैयाँ बराबरको २७० वटा, प्राइम लाइफबाट २ करोड ८३ लाख ६० हजार रुपैयाँ बराबरको ४४६ वटा, आईएमई लाइफबाट एक करोड २४ लाख ४१ हजार रुपैयाँ बराबरको १४७ वटा र युनियन लाइफबाट २ करोड ३२ लाख ३० हजार रुपैयाँको ७० वटा बीमा पोलिसी सरेन्डर भएको तथ्याङकमा उल्लेख छ ।  

प्राधिकरणको तथ्याङक अनुसार बीमितहरुले सन नेपाल लाइफ इन्स्योरेन्सबाट ३२ लाख ३३ हजार रुपैयाँ बराबरको ३१ वटा रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको ७५ लाख ९ हजार रुपैयाँ बराबरको ११४ वटा, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड ३४ लाख ६७ हजार रुपैयाँ बराबरको १५१ वटा पोलिसी सरेन्डर भएको छ ।

त्यसैगरी, सोही अवधिमा बीमितहरुले प्रभु लाइफ इन्स्योरेन्सबाट ५४ लाख ६० हजार रुपैयाँ बराबरको ३८ वटा, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको ७१ लाख ३९ हजार रुपैयाँ बराबरको ३१ वटा, सूर्यज्योति लाइफको १० करोड ४८ लाख रुपैयाँ बराबरको ५२१ वटा र सानिमा रिलायन्सको ९१ लख ३२ हजार रुपैयाँ बराबरको ८६ वटा पोलिसी सरेन्डर भएको तथ्याङकमा उल्लेख छ ।  

प्रतिक्रिया दिनुहोस