शीर्षकहरू

आवको दश महिनामै आम्दानी र खर्चमा साढे दुई खर्बको खाडल

आवको दश महिनामै आम्दानी र खर्चमा साढे दुई खर्बको खाडल

काठमाडौं । चालु आर्थिक वर्षको वैशाखसम्ममा सरकारको आम्दानी र खर्चबीचको खाडल साढे २ खर्ब पुगेको छ । यो वर्षको १० महिना अर्थात् वैशाख अन्तिमसम्ममा सरकारको कुल खर्च २० खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । यही समयमा ऋणबाहेकको कुल आम्दानी भने ७ अर्ब ९७ अर्व रुपैयाँमात्र भएको छ ।

अहिलेसम्मको आम्दानी र खर्चलाई हेर्दा खाडल साढे २ खर्ब रुपैयाँ देखिएको हो । सरकारको वैशाखसम्मको कुल १० खर्ब ४७ अर्ब रुपैयाँ आम्दानी राजस्व अनुदान र अन्य क्षेत्रबाट आएको मात्र हो । यसमा सरकारले उठाएको आन्तरिक र बाह्य ऋण जोडिएको छैन ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार वैशाखसम्ममा ६ खर्व ८४ अर्ब रुपैयाँ राजस्व र ७१ अर्व रुपैयाँ गैरकर राजस्व असुली भएको छ । यस्तै, अहिलेसम्म ४ अर्ब ८० करोड अनुदान आएको छ भने सरकारको अन्य आम्दानी ३९ अर्व रुपैयाँ भएको छ ।

कार्यालयका अनुसार यो वर्ष सरकारले १४ खर्च ३ अर्ब रुपैयाँ कुल राजस्व उठाउने लक्ष्य राखेकामा अहिलेसम्म ५३ प्रतिशतमात्र उठेको छ । राजस्व असुली ५२.८५ र गैरकर राजस्व असुली ६६.४५ प्रतिशत पुगेको छ । वैदेशिक अनुदान भने लक्ष्यको ८.६६ प्रतिशतमात्र आएको छ ।