शीर्षकहरू

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३५.६४ प्रतिशतले बढ्यो

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३५.६४ प्रतिशतले बढ्यो

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो श्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार चैत मसान्तसम्म कम्पनीले २८ करोड ५७ लाख खुद नाफा कमाएको छ ।

गत आवको सोही अवधिको तुलनामा कम्पनीको नाफा बढेको छ । समिक्षा अवधिमा कम्पनीको नाफा ३५.६४ प्रतिशतले बढी हो । जबकी गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले २१ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो । 

समिक्षा अवधिमा कम्पनीको खुद दावी भुक्तानी ४४.१२ प्रतिशतले बढेको छ भने, लगनाी कर्जा र कमिशन आय ६२.३७ प्रतिशतले बढेको छ । त्यस्तै चालु आवको चैत मसान्तसम्म कम्पनीको व्यवस्थापन खर्च ३.४९ प्रतिशत र अभिकर्ता कमिशन खर्च १४.६३ प्रतिशतले घटेको छ । 

उक्त वित्तीय विवरण अनुसार कम्पनीको बीमाशुल्क संकलन भने ८.३२ प्रतिशतले घटेको छ । चालु आवको चैत मसान्तसम्म कम्पनीले कम्पनीले २ अर्ब ७४ करोड १३ लाख रुपैयाँ बीमाशुलक आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २ अर्ब ९९ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । 

हाल संस्थाको चुक्ता पँुजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ३४ करोड ८० लाख रुपैयाँ रहेको छ । गत आवको तुलनामा चैत मसान्तसम्म इन्स्योरेन्सको जगेडा रकम ३०.४९ प्रतिशतले बढेको छ भने जीवन बीमा कोष ४८.२४ प्रतिशतले बढेको छ । हाल कम्पनीको जीवन बीमा कोष ६ अर्ब २० करोड २७ लाख रुपैयाँ पुगेको छ ।