शीर्षकहरू

भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेता टोपबहादुर रायमाझी निलम्बित

भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेता टोपबहादुर रायमाझी निलम्बित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । राज्यले गर्ने अनुसन्धानमा सहयोग गर्न भनेर एमालेले निलम्बन गरेको एमालेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।  

एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिए छ ।’   मंगलबार बसेको नेकपा एमालेको सचिवालय बैठकले टोपबहादुरलाई अनुसन्धानमा सघाउन आग्रह गर्ने निर्णय गरेको थियो ।

रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनी फरार छन् । उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि रामशरण केसी र गोविन्द चौधरी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र  रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेका छन् ।