aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

सरकारद्वारा सहकारीका समस्या समाधान गर्न कार्यदल गठन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ बैशाख २०८०
himalayanlife
सरकारद्वारा सहकारीका समस्या समाधान गर्न कार्यदल गठन
DHI
NIBL

काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएको समस्याको सुधार गर्नका लागि कार्यदल गठन गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी क्षेत्र सुधार कार्यदल २०८० गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 

बैठकले बिदेशबाट आउदा आफ्नो साथमा दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्थाका लागि झिटीगुण्टा सम्बन्धी सूचना नियमावली संशोधन गर्ने निर्णय गरेको छ भने नेपाल कृषि वन सेवा समिकरणको सचिव पदमा रेवतीरमण पौडेललाई बढुवा गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन् । 

बैठकले नेपाल व्यापार एकीकृत रणनीति २०८० स्वीकृत गरेको छ । त्यस्तै बैठकले ढल्केवर–वाणगंगा १३२ केभि प्रशारण लाईन निर्माणका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भीक कारवाही चलाउने अधिकारी तोक्ने, कोहलपुर बितरण केन्द्रका लागि जग्गा प्राप्ती गर्ने र प्रारम्भीक कारवाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।

त्यस्तै बैठकले केहि सहसचिवको सरुवा गर्ने निर्णय पनि गरेको छ भने इसिमोड बोर्ड अफ गनरनेन्स मिटिङमा सहभागी हुन योजना आयोगका उपाध्यक्षलाई स्वीकृति दिने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् । 

प्रतिक्रिया दिनुहोस