शीर्षकहरू

भारतमा चीन, कोरिया र इन्डोनेसियाबाट आयातमा एन्टी–डम्पिङ शुल्क बढाउँदै

भारतमा चीन, कोरिया र इन्डोनेसियाबाट आयातमा एन्टी–डम्पिङ शुल्क बढाउँदै

एजेन्सी । वाणिज्य मन्त्रालयको एक शाखा, डीजीटीआरले चीन, कोरिया र इन्डोनेसियाबाट केही प्रकारको अप्टिकल फाइबरको आयातमा एन्टी–डम्पिङ शुल्क लगाउन सिफारिस गरेको छ। स्वदेशी उद्योगलाई सस्तो आयातबाट जोगाउन यो सिफारिस गरिएको हो ।

यी देशबाट आयात हुने ‘डिस्पर्सन अनसिफ्टेड सिंगल मोड अप्टिकल फाइबर’ को डम्पिङको जाँच गरी व्यापार उपचार महानिर्देशनालय (डीजीटीआर)ले यस्तो सिफारिस गरेको हो ।

बिर्ला फुरुकावा फाइबर अप्टिक्स प्रा लिमिटेडले स्वदेशी उद्योगका तर्फबाट उक्त उत्पादनमा एन्टी डम्पिङ अनुसन्धान थाल्न आग्रह गरेको थियो । डीजीटीआरले आफ्नो अनुसन्धानमा आयातले घरेलु उद्योगलाई भौतिक क्षति पु¥याएको पाइयो ।