शीर्षकहरू

प्राइम लाइफको नयाँ बोनसदर सार्वजनिक

प्राइम लाइफको नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्रधिकरणबाट बैंशाख २४ गतेको परिपत्रबाट स्वीकृत गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम प्रतिहजार ९० रुपैयाँसम्म बोनसदर पाउनेछन् । नयाँ बोनसदर अनुसार सावधिक जीवन बीमा योजनामा प्रतिहजार न्युनतम ३५ रुपैयाँदेखि अधिकतम ७२ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

त्यस्तै, सावधिक तथा आजिवन बीमालेखमा प्रतिहजार न्युनतम ३६ रुपैयाँ देखि ७५ रुपैयाँसम्मको बोनसदर कायम गरेको छ । कम्पनीका अनुसार अग्रिम भुक्तानी सावधिक जीवन बीमा अन्तर्गतको बीमा योजनामा प्रतिहजार न्युनतम ६० रुपैयाँ देखि अधिकतम ९० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । 

त्यस्तै कम्पनीले प्राइम जीवन उपहार (अग्रिम भुक्तानी) योजनामा प्रतिहजार ५२ रुपैयाँ बोनसदर कायम गरेको छ भने प्राइम जीवन उपहार (सावधिक) योजनामा प्रतिहजार ४० रुपैयाँ बोनसदर कायम गरेको छ ।

साथै, अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुने कम्पनीले जनाएको छ ।