शीर्षकहरू

ऐश्वर्या राईको पोन्नियिन सेल्भान २ को कमाइ २५० करोडको नजिक

ऐश्वर्या राईको पोन्नियिन सेल्भान २ को कमाइ २५० करोडको नजिक

एजेन्सी । ऐश्वर्या राई बच्चन र चियान विक्रमको भारतीय चलचित्र पोन्नियिन सेल्भान २ ले शुरुमा राम्रो कमाइ गरेपनि विस्तार चलचित्र हलबाट निस्कन लागेको छ । भारतमा दुई दिनमा ५० करोड कमाएको फिल्मले धमाकेदार ओपनिङ गरे पनि चार दिनमै १०० करोडको आँकडा पार गरेको छ । र हरेक दिन राम्रो कमाई गरेको देखियो। तर रिलिजको सातौं दिन फिल्मको कमाईमा गिरावट आएको छ । 

बक्स अफिस कलेक्सन ट्र्याकर सचनिकका अनुसार पोन्नियिन सेल्भान २ ले सातौं दिन ६.५० करोड कमाएको छ । जुन बाँकी दिनको तुलनामा निकै कम हो । तर,  सप्ताहन्तमा फिल्मको गति बढ्छ  ।  सातौं दिनको कलेक्शन सहित फिल्मको कुल कमाईको कुरा गर्दा फिल्मले १२८.५० करोड कमाएको छ । योसँगै फिल्मले दोस्रो साताको अन्त्यसँगै १५० करोडको आँकडा पार गर्ने अपेक्षा गरिएको छ ।

कमाईको कुरा गर्दा पोनियिन सेल्भानले पहिलो दिन २६.२ करोड, दोस्रो दिन ३०.३ करोड, तेस्रो दिन २३.२५ करोड, चौथो दिन १०.५ करोड कमाएको छ । पाँचौं दिन फिल्मले ७.७५ करोड कमाएको थियो । जबकि छैटौं दिन फिल्मले ८ करोड कमाएको थियो । विश्वव्यापी कमाईको कुरा गर्दा फिल्मले २५० करोडको नजिक पुगेको छ । 

फिल्मको बारेमा कुरा गर्ने हो भने, मणिरत्नम ‘पोन्नियिन सेल्भान’ पछि पोन्नियिन सेल्भान २ मार्फत फर्किएका छन् । जुन पहिलो भागभन्दा अगाडिको कथा हो । यस पार्टमा पनि ऐश्वर्या राई बच्चन, विक्रम, जयम रवि, कार्ती, त्रिशा, ऐश्वर्या लक्ष्मी र शोभिता धुलिपला मुख्य भूमिकामा छन् ।