शीर्षकहरू

नेपालमा अहिलेसम्म दुर्घटना भएका हेलिकप्टरको इतिहास

नेपालमा अहिलेसम्म दुर्घटना भएका हेलिकप्टरको इतिहास

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रतिवेदन अनुसार सन् २०१२/२०२२ बीचमा भएका हेलिकप्टरका १२ दुर्घटनामा २७ जनाले ज्यान गुमाएका छन्। पछिल्लो दुई दशकमा नेपालमा भएका हेलिकप्टर दुर्घटनामध्ये सिम्रिक एअरका चारवटा विमान दुर्घटना भएकामा एक घटनामा मात्र मानवीय क्षति भएको सरकारी प्रतिवेदनले देखाउँछ। नेपाल नागरिक उडड्यन प्राधिकरणको तथ्यांकअनुसार सन् १९६१ मा पहिलोपटक जहाज दुर्घटना भएको थियो। 

सन् १९७९ नोभेम्बर २७ मा लाङटाङमा हेलिकप्टर दुघर्टना हुँदा ६ जना, १९९७ अक्टोबर ३० मा कर्णाली एअरको हेलिकप्टर दुघर्टना हुँदा एक जना, १९९८ अक्टोबर २४ मा एसियान एअरलाइन्सको हेलिकप्टर मुलखर्कमा दुर्घटना हुँदा तीन जनाको ज्यान गयो।

सन् २००१ नोभेम्बर १२ मा फिस्टेल एयरको हलिकोप्टर मुगुमा दुर्घटना हुँदा चार जना, २००३ मे २८ मा सिम्रिक एयरको हेलिकप्टर एभरेस्ट बेसक्याम्पमा दुर्घटना हुँदा दुई जना, २००५ जनवरी ४ मा एयर डाइनेस्टीको हेलिकप्टर रामेछापमा दुर्घटना हुँदा तीन जना तथा २००६ अगस्ट २९ मा श्री एयरलाइन्सको हेलिकप्टर ताप्लेजुङको घुन्सामा दुर्घटना हुँदा २४ जनाको ज्यान गएको थियो। यस्तै २००९ सेप्टेम्बर १५ मा मनाङ एयरको हेलिकोप्टर हुम्लामा दुघर्टना हुँदा एक जनाको मृत्यु भएको थियो । 

 २०१० सेप्टेम्बर ७ मा फिस्टेल एअरको हेलिकप्टर आमदब्लाम हिमालमा दुर्घटना हुँदा दुई जना, २०१३ जुन १९ मा फिस्टेलकै हेलिकप्टर सिमिकोटमा दुर्घटना हुँदा एक जना, २०१४ अगस्ट ३ मा फिस्टेलकै हेलिकप्टर सिन्धुपाल्चोकमा दुर्घटना हुँदा एक जना, २०१५ मे १२ मा भूकम्पपीडितको राहत बोकेको अमेरिकी हेलिकप्टर सिन्धुपाल्चोकमा दुर्घटना भयो। उक्त दुघर्टनामा ११ जनाको ज्यान गएको थियो।

सन् २०१५ जुन २ मा माउन्टेन हेलिकोप्टर दुर्घटना भयो। सिन्धुपाल्चोकमा भएको दुर्घटनामा चार जनाको ज्यान गएको थियो। सन् २०१६ अगस्ट ८ मा फिस्टेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना सुत्केरी सहित ७ जनाको ज्यान गयो। सन् २०१८ सेप्टेम्बर ८ मा गोरखाबाट उडेको हेलिकप्टर धादिङमा दुघर्टना भयो। अल्टिच्युट एअरको हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो। बुधबार ताप्लेजुङमा एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा पर्यटनमन्त्री सहित ७ जनाको ज्यान गयो।