शीर्षकहरू

राससमा ठूलो मात्रामा जागीर खुल्यो

राससमा ठूलो मात्रामा जागीर खुल्यो

काठमाडौं । राष्ट्रिय समाचार समिति(रासस)मा ठूलो मात्रामा कर्मचारी माग गरिएको छ । लोक  सेवा  आयोगबाट  २०८० बैशाख १५ गतेमा सहमति भए अनुसार राससमा ठूलो मात्रामा कर्मचारी माग भएको हो ।  समितिमा रिक्त  रहेका  पदहरू  आप्र, खुला  तथा  समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्न नयाँ कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ । 

राष्ट्रिय समाचार समिति कर्मचारी सेवा, सर्त विनियमावली, २०५६ (आठौँ संशोधन, २०७६) बमोजिम योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्ने जनाएको छ । दरखास्त फाराम समितिको वेबसाइट www.rssnepal.org.np/publication बाट डाउनलोड गरि आवेदन दिन सकिने छ । दरखास्त साथ आफूले प्राप्त गरेको शैक्षिक योग्यता, तालिम, अनुभव र नेपाली नागरिकताको प्रमाणपत्रहरूको प्रतिलिपि एक/एकप्रति  बुझाउन पर्ने छ ।  

प्रमुख समाचारदाता/प्रधानसम्पादक तीन जना, वरिष्ठ समाचारदाता/कार्यकारी सम्पादक तीन जना, सह निर्देशक अर्थ प्रशासन एक जना, सहनिर्देशक एक जना, समाचार/वरिष्ठ सम्पादक तीन जना, सह समाचारदता/सह सम्पादक तीन जना, वरिष्ठ अधिकृत एक जना, माग भएको छ । त्यस्तै, वरिष्ठ कम्प्युटर अधिकृत एक जना, उप समाचारदाता/उपसम्पादक दूई जना, अधिकृत अर्थ प्रशासन एक जना, वरिष्ठ समाचार सहायक एक जना, वरिष्ठ सहायक अर्थ प्रशासन एक  जनाका लागि जागीर खुलेको छ ।  

वरिष्ठ समाचारदाता/कार्यकारी सम्पादक एक जना, सह समाचारदाता/उपसम्पादक(नेपाली) एक जना, उप समाचादाता/उपसम्पादक (नेपाली) चार जना, उप समाचादाता/उपसम्पादक (नेपाली) एक जना, उप समाचादाता/उपसम्पादक (नेपाली) एक जना, कम्प्युटर अधिकृत महिला एक जना, अधिकृत अर्थ प्रशासन एक जना, वरिष्ठ समाचार सहायक एक जना, वरिष्ठ समाचार सहायक महिला एक जना,  वरिष्ठ सहायक अर्थ प्रशासन एक जना, समाचार सहायक खुला एक जना पदमा कर्मचारी माग भएको छ । 

समितिमा कार्यरत कर्मचारीहरू समान तहको पदमा उम्मेदवार हुन पाइने छैन । दरखास्त दिने अन्तिम मितिभित्र  निर्धारित  शैक्षिक योग्यता हासिल गरिसकेको  हुनुपर्नेछ । विदेशी  संस्थामा  अध्ययन गरेका  उम्मेदवारहरूले सम्बन्धित निकायबाट आफूले प्राप्त गरेको योग्यताको समकक्षता निर्धारण गरेको हुनुपर्नेछ ।  कारण खुलाई वा नखुलाई कुनै पनि दरखास्त रद्द गर्ने अधिकार पदपूर्ति समितिमा निहित हुनेछ  ।