शीर्षकहरू

पाँच जना विरुद्ध मुद्दा दायर, एक करोड १५ लाख विगो माग

पाँच जना विरुद्ध मुद्दा दायर, एक करोड १५ लाख विगो माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत पदम प्रसाद अर्याल र तत्कालीन नायव सुब्बा लेखनाथ भट्टराईसहित चार जनाविरुद्द आयोगले मुद्दा दायर गरेको छ । उनीहरुले  सार्वजनिक जग्गाा व्यक्तिको नाममा ल्याउन गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आयोगको भनाई छ ।

त्यस्तै, अख्तियारले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बागमती सुकेधारा, काठमाडौंका तत्कालीन उपसचिव सुन्दर भट्टराई विरुद्द पनि मुद्दा हालेको छ । उनले गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरेको पाइएको छ । आयोगले भट्टराईसँग एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँ विगो समेत माग गरेको छ ।