शीर्षकहरू

ब्रिक्स प्लस, डलरको तीव्र पतन र विश्व अर्थतन्त्रमा नयाँ युगको थालनी

ब्रिक्स प्लस, डलरको तीव्र पतन र विश्व अर्थतन्त्रमा नयाँ युगको थालनी

अमेरिकी डलर अमेरिकाको विश्वव्यापी शक्ति प्रक्षेपणको लागि आवश्यक छ। तर, २०२२ मा रिजर्भ मुद्राका रुपमा डलरको हिस्सा विगत दुई दशकको औसतभन्दा १० गुणा छिटो ओरालो लाग्यो ।

यो अब निश्चित  छ कि एक वैश्विक रिजर्भ मुद्राको रूपमा अमेरिकी डलरको महत्त्व तीव्र गतिमा  घट्दै छ। तर, कर्पोरेट पश्चिमी मिडियाले बहु ध्रुवीय संसारमा व्याप्त डि-डलराइजेशनको भाष्यलाई अहिले गम्भीर रूपमा आक्रमण गर्न थालेको छ । यसले के देखाउँछ भने वासिङ्टन यसबाट पूर्ण रूपमा आतङ्कित बनेको छ ।

विश्वव्यापी सञ्चितिमा  डलरको अंश सन् २००१ मा ७३ प्रतिशत थियो भने सन् २०२१ मा झरेर ५५ प्रतिशतमा आयो ।त्यसले निरन्तरता पाउँदा सन् २०२२ मा ४७ प्रतिशतमा झर्‍यो । मुख्य कुरा के हो भने गत वर्ष विश्वव्यापी सञ्चितिमा  डलरको अंश विगत दुई दशकको औसतभन्दा १० गुणा छिटो ओरालो लागेको थियो।

अब सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपतिको चुनावसम्म पुग्दा डलरको विश्वव्यापी सञ्चितिमा ३० प्रतिशत मात्रै शेयर रहने प्रक्षेपण गर्नु त्यति अस्वाभाविक हुँदैन।

अमेरिकाको विश्वव्यापी प्रभुत्वको अन्त्यका लागि फेब्रुअरी २०२२ मा सर्वाधिक उपयुक्त थियो । त्यस बेला रुसको विदेशी भण्डारमा रहेको ३०० अर्ब डलर  भन्दा बढी सम्पत्ति सामूहिक रुपमा पश्चिमका मुलुकहरूले "फ्रिज" गरेको थियो । यसपछि यो ग्रहका सबै अन्य देशहरू डलर राख्न डराउन थाले।

रुसी अर्थमन्त्री एन्टोन सिलुआनोभका अनुसार रुस र चीनबिचको ७० प्रतिशतभन्दा बढी व्यापारमा रुबल वा युआन प्रयोग गरिन्छ। रुस र भारतले रुपैयाँमा तेलको व्यापार गरिरहेका छन् । केही हप्ता अघि मात्र बान्को, बोकोन, बिबिएम क्रस-बोर्डर इन्टरबैंक भुक्तानी प्रणाली (सीआईपीएस) को प्रत्यक्ष सहभागीको रूपमा साइन अप गर्ने पहिलो ल्याटिन अमेरिकी बैङ्क बन्यो, जुन पश्चिमी नेतृत्वको वित्तीय सन्देश प्रणाली स्विफ्टको चिनियाँ विकल्प हो।

चीनको सिएनओओसी र फ्रान्सको टोटलले शंघाई पेट्रोलियम र प्राकृतिक ग्यास एक्सचेन्ज मार्फत युआनमा व्यापार गर्ने गरि हस्ताक्षर गरिसकेका छन्।

रूपपुर आणविक केन्द्र निर्माणका लागि रुस र बङ्गलादेशबिच भएको सम्झौताले पनि अमेरिकी डलरलाई बाइपास गर्नेछ। यसको पहिलो ३०० मिलियन डलर बराबरको भुक्तानी युआनमा हुनेछ । जसलाई रुसले रुबलमा स्विच गर्नेछ।

रुस र बोलिभियाको द्विपक्षीय व्यापारले अब बोलिभियानोमा भुक्तानी स्वीकार गर्दै छ । यो अत्यन्तै सान्दर्भिक छ, बोलिभियामा लिथियम निक्षेपको विकासको लागि रोजाटोमको ड्राइभलाई महत्त्वपूर्ण भागको रूपमा विचार गर्दै रुसले यस्तो निर्णय गरेको हो ।

उल्लेखनीय रूपमा ती व्यापारहरूमा धेरै ब्रिक्स अन्तर्गतका देशहरू समावेश छन् । कम्तीमा १९ राष्ट्रहरूले २१ औँ शताब्दीको प्रमुख बहु ध्रुवीय संस्थाको विस्तारित संस्करण ब्रिक्स प्लसमा सामेल हुन अनुरोध गरिसकेका छन् । जसका संस्थापक सदस्यहरू ब्राजिल, रुस, भारत र चीन, त्यसपछि दक्षिण अफ्रिका हुन् । मूल पाँच मुलुकका विदेश मन्त्रीहरूले केप टाउनमा आगामी जुनमा हुने शिखर सम्मेलनमा नयाँ सदस्यहरूलाई सदस्यता दिने मोडालिटीबारेको छलफल सुरु गरेका छन्।

त्यसो त ब्रिक्स जी-७ विश्वव्यापी अर्थतन्त्रमा बढी महत्त्व राख्ने र सान्दर्भिक समूह हो। अन्तर्राष्ट्रिय मुद्रा कोषको पछिल्लो तथ्याङ्कले जी-७ को २९.९ प्रतिशतको तुलनामा पाँच ब्रिक्स राष्ट्रहरूले विश्वव्यापी वृद्धिमा ३२.१ प्रतिशतको योगदान दिने देखाएको छ।

इरान, साउदी अरेबिया, युएई, टर्की, इन्डोनेसिया र मेक्सिकोलाई सम्भावित नयाँ सदस्यहरूको रूपमा देखिइरहँदा यो स्पष्ट छ कि ग्लोबल साउथका प्रमुख खेलाडीहरूले पश्चिमी वर्चस्व तोड्न सक्षम बहुपक्षीय संस्थामा ध्यान केन्द्रित गर्न थालेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमान ओपेक+ मा रियादसँगको मस्कोको साझेदारीले ब्रिक्स+ मा रुस-इरान रणनीतिक साझेदारीको समानान्तर र रणनीतिक योजनाका साथ गहिरो रूपमा काम गरिरहेका छन्।

मोहम्मद बिन सलमानले जानाजानी साउदी अरेबियालाई युरेसियाको नयाँ शक्ति त्रयी रूस-इरान-चीन (आरआईसी) लाई अमेरिकाबाट टाढा राखेको छ। पश्चिम एसियामा नयाँ खेल खेल्न आउँदै गरेको ब्रिक्सले उल्लेखनीय रूपमा इरान र साउदी अरेबियालाई नयाँ खेलाडीका रुपमा प्रवेश दिँदै छ । यी दुई मुलुकको ऐतिहासिक मेलमिलापलाई ब्रिक्स कै हेवीवेट चीनले मध्यस्थता गरेको थियो।

महत्त्वपूर्ण रूपमा विकसित इरान-साउदी मेलमिलापले समग्र रूपमा खाडी सहयोग परिषद् (जीसीसी) र रूस-चीन रणनीतिक साझेदारी बिचको धेरै घनिष्ठ सम्बन्धलाई पनि सङ्केत गर्दछ।

यसले रुस-इरान-भारत जोड्ने अन्तर्राष्ट्रिय उत्तर-दक्षिण यातायात र चीन-मध्य-एसिया-पश्चिम एसिया आर्थिक कोरिडोरको लागि व्यापार जडान र भुक्तानी प्रणालीको सन्दर्भमा पूरक भूमिकाहरू उपलब्ध गराएको छ। बेइजिङको महत्त्वाकाङ्क्षी बहु-ट्रिलियन डलरको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को काम पनि यो सन्दर्भमा उल्लेखनीय छ।

यहाँ बुझ्नै पर्ने कुरा के हो भने ब्रिक्समा वस्तुहरू छन्, र जी-७ ले वित्त नियन्त्रण गर्दछ। पछिल्लोले वस्तुहरू बनाउन सक्दैन, तर पहिलेको मुद्राहरू सिर्जना गर्न सक्छ । विशेष गरी तिनीहरूको मूल्य सुन, तेल, खनिजहरू, र अन्य प्राकृतिक स्रोतहरू जस्ता मूर्त वस्तुहरूसँग जोडिएको हुन्छ।

मुख्य कारक तेल र सुनको मूल्य निर्धारण पहिले नै रुस, चीन र पश्चिम एसियामा सर्दै छ। यो सबैले गर्दा डलर-डिनोमिनेटेड बन्डहरूको माग बिस्तारै तर निश्चित रूपमा पतन हुँदै छ। यसपछि ट्रिलियन अमेरिकी डलर अनिवार्य रूपमा घर फर्कन थाल्नेछ - डलरको क्रय शक्ति र यसको विनिमय दर यसपछि चकनाचुर हुनेछ। हतियारयुक्त मुद्राको पतनले अमेरिकाको ८०० भन्दा बढी सैन्य अड्डाहरूको विश्वव्यापी सञ्जाल र तिनीहरूको परिचालन बजेटलाई ध्वस्त पार्नेछ। 

डाभोसले ग्रेट रिसेट ग्लोबलिस्ट कम्बोका रुपमा सबै व्यावहारिक उद्देश्यका लागि युक्रेनमा रुसको विशेष सैन्य अपरेसन सुरु भएको लगत्तै रुसी तेल विरुद्ध युद्धको घोषणा गरियो। उनीहरूले ओपेक+लाई रुसलाई एक्लो पार्ने धम्की दिए। तर अपमानजनक रूपमा असफल भए। ओपेक प्लस प्रभावकारी रूपमा मस्को-रियादद्वारा सञ्चालित र अहिले विश्वव्यापी तेल बजारमा शासन गर्दै छन्।

यसबाट पश्चिमी सम्भ्रान्तहरू आतङ्कमा छन्। विशेष गरी सी जिनपिङसँगको भ्रमणको क्रममा चिनियाँ भूमिमा ब्राजिलका लुलाले सम्पूर्ण ग्लोबल साउथलाई अन्तर्राष्ट्रिय व्यापारमा अमेरिकी डलरको महत्त्वलाई अन्त्य गर्दै आफ्नै मुद्रामा बदल्न आह्वान गरे। अब त्यो हुँदै छ । डलरको पतन तीव्र गतिमा भइरहेको छ ।